घुँडा प्रत्यारोपण सम्बन्धी गोष्ठी सम्पन्न, पाँच चिकित्सक सम्मानित



Download our app to get more features

काठमाडौं,२६ जेठ । घुँडा प्रत्यारोपण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

नेपाल अर्थोपेडिक एसोसिएसन अन्तर्गत जोर्नी प्रत्यारोपण उपसमितिको आयोजनामा बि एण्ड बि हस्पिटलमा भएको गोष्ठीमा करिब ७० भन्दा बढी हाडजोर्नी डाक्टरहरुको उपस्थिती थियो । उक्त कार्यक्रममा नेपालमा जोर्नी प्रत्योरोपणमा उल्लेख्य भुमिका खेल्नुहुने प्रो. अशोक कुमार बास्कोटा, प्रो. अशोक रत्न बज्रचार्य, डा. बाबुकाजी श्रेष्ठ, प्रो. दिपक प्रकाश महरा र डा. चक्रराज  पाण्डेलाई नेपाल अर्थोपेडिक एसोसिएसनका अध्यक्ष प्रा. रोहित कुमार पोख्रेल र आथ्रोप्लास्टी सव–कमिटिका अध्यक्ष प्रा. डा. दिर्घराज आर.सीले सम्मान गरेका छन् ।

कार्यक्रममा घुँडा प्रत्यारोपणका बारेमा विस्तृत सिप र ज्ञानको आदान प्रदान भएको थियो । निकट भविष्यमा पनि उस्तै गोष्ठीहरु गरेर ज्ञान र सिप विकास गर्ने प्रतिवद्घता सव–कमिटिका महासचिव डा. सुमन बाबु मरहट्टाले बताए ।  

Last modified on 2019-06-10 13:56:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts