बुढेसकालमा धेरैलाई सताउने अल्जाइमर्स भन्ने निको नहुने रोग के हो ?
सन्दर्भः विश्व अल्जाइमर्स दिवस
अल्जाइमर्स एक प्रकारको अपूरणीय (ठीक पार्न नसकिने) मश्तिष्कको रोग हो ।
जसले मश्तिष्कको कार्य क्षमतालाई नष्ट गरिदिने वा त्यसमा ह्रास उत्पन्न गराएर मानिसको सोचाइ तथा स्मरण शक्ति र व्यवहारमा समस्या उत्पन्न गराउँछ । यसैलाई अल्जाइमर्स भनिन्छ ।
लक्षण
हल्का खालको लक्षण
- बारम्बार बिर्सनु, कहीँ कतै हराउनु, दैनिक क्रियाकलाप सम्पन्न गर्नमा बाधा उत्पन्न हुनु, मनमा प्रश्नहरु दोहोरिनु, मनस्थिति र व्यक्तित्वमा ह्रास आउनु ।
मध्यम श्रेणीको लक्षण
- स्मरणशक्ति हराउनु, बारम्बार दोधारमा परिरहनु, आफ्नो परिवा वा साथीभाइलाई समेत चिन्न गाह्रो हुनु, कुनै करा सिक्न, पढ्न, लेख्नमा कठिनाई हुनु, दैनिक क्रियाकलाप गर्नमा समस्या हुनु ।
गम्भीर खालको लक्षण
- स्मरणशक्ति एकदमै कमजोर हुनु, बोलीमा रोकावट आउनु, शब्दहरु उच्चारण गर्न नसक्नु वा कुराकानी गर्न नसक्नु, आफ्नो शरीर सम्हाल्न नसक्नु, शरीरमा स्थिरता नहुनु र थला पर्नु, आदि ।
चेतावनीमुलक सङ्केत
- स्मरण शक्तिमा परिवर्तन
- समस्या सुल्झाउन नसक्नु
- सामान्य काम पनि गर्न गाह्रो हुनु या नसक्नु
- बारम्बार दोधारमा परिरहनु
- लेख्न र बोल्नमा समस्या आउनु
- निर्णय क्षमतामा कमि आउनु
- सामाजिक गतिविधिबाट टाढा भाग्नु
किन हुन्छ अल्जाइमर्स रोग ?
मश्तिष्कका कोषिकाहरु नाश हुँदै जाँदा यो रोग उत्पन्न हुन्छ । एमिल्वाइड प्लाक र ताउ ट्रयाङ्गल्स् भनिने प्रोटिनहरु मश्तिष्कमा अस्वाभाविक र अत्याधिक रुपमा जम्मा हुनाले । त्यसखाले प्रोटिन जम्मा हुँदा मश्तिष्कमा अस्वाभिक असर पर्न गइ अल्जाइमर्स रोग हुन्छ ।
कुन अवस्थामा हुन्छ ?
६० वर्षभन्दा माथिको उमेर समुहलाई वंशानुगत कारणबाट अल्जाइमर्स हुन्छ । यो पुरुषको तुलनामा महिलामा अधिक हुने गर्दछ । विगतमा टाउकोमा चोटपटक लाग्नाले पनि अल्जाइमर्स रोग हुन्छ ।
जीवन शैली र मुटुजन्य स्वास्थ्य ः शारीरिक व्यायाममा कमी, उपयुक्त र पौष्टिक आहारमा कमी, धुम्रपान, उच्च रक्तचाप, रक्तकोलस्ट्रोल र रगतमा चिनीको मात्रा बढि हुनाले पनि अल्जाइमर्स रोग निम्त्याउँछ ।
अल्जाइमर्स रोग कसरी थाहा पाउने ?
- विशेषज्ञ स्नायुरोग चिकित्सकबाट बिरामीको परीक्षण गराएर
- मानसिक र स्नायुसम्बन्धी जाँचहरु गराएर
- मश्तिष्कको सीटी स्क्यान, एमआरआई गराएर र अन्य साधारण रगत वा पिसाव जाँच गराएर ।
- उपचार कसरी गर्ने ?
- औषधिहरुको प्रयोग गर्ने
- बिरामीलाई राम्रो हेरचाह गर्ने वातावरण बनाउने
- नियमित शारीरिक व्यायाम गराउने
- नियमित पौष्टिक आहारको सेवन गराएर , आदि ।
- बिरामीले कसरी ध्यान पुर्याउने ?
- विशेषज्ञ चिकित्सकसँग नियमित सम्पर्कमा बस्ने र सल्लाह लिने ।
- औषधि उचित समयमा सेवन गर्ने ।
- सन्तुलित स्वस्थ भोजन गर्ने ।
- नियमित शारीरिक व्यायाम र आराम गर्ने ।
- धुम्रपान र मद्यपानबाट टाढा बस्ने ।
- अल्जाइमर्स रोगीलाई कसरी हेरचान गर्ने ?
- बिरामीप्रति लचिलो, सहनशील र नम्र व्यवहार दर्शाएर ।
- बिरामीको मनोभावनाप्रति सही तरिकाले कदर गर्ने ।
- रिसराग र असभ्य व्यवहार प्रदर्शन नगर्ने ।
- रोगीसँग वादविवाद नगर्ने र तिनलाई विश्वस्त पार्ने प्रयास नगर्ने ।
- बिरामीको चासोमा उचित प्रतिक्रिया दिने ।
- बिरामीको व्यवहारलाई व्यक्तिगत रुपमा नलिने
-डा. पंकज जलान, नशारोग विशेषज्ञ (नशारोग विशेषज्ञ डाक्टर जलान नर्भीक अस्पतालमा कार्यरत हुनुहुन्छ )।
विश्व अल्जाइमर्स दिवसको सन्दर्भमा पुनः प्रकाशित