‘शल्यक्रियाबाट बच्चा जन्माउदा आमा र बच्चामा दीर्घकालीन जोखिम’ 



Download our app to get more features

काठमाडौं, १२ जेठ । अस्पतालमा सुत्केरी हुने मध्ये अधिकांश महिलाहरु शल्यक्रिया गरेर बच्चा जन्माउन थालेको विभिन्न अस्पतालको तथ्याङ्कहरुले देखाएको छ ।

ग्रामिण क्षेत्रका महिलाले भन्दा शहरी क्षेत्रका महिलाले बच्चा जन्माउदा शल्यक्रियाबाट नै जन्माउने प्रवृत्ति बढ्दै गएको छ । विभिन्न कारण देखाउँदै सरकारी तथा नीजि अस्पतालमा सुत्केरी हुन पुगेका महिलाहरुमध्ये २० देखि ९० प्रतिशतको शल्यक्रियाबाट बच्चा जन्मिने गरेको पाइएको छ । 

अनुसन्धानकर्ता डा. लक्ष्मी तामाङका अनुसार नेपालमा अत्याधिक मात्रामा महिलाहरुले गर्भवति हँुदा शल्यक्रिया गर्ने गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पनि नेपालका अस्पतालहरुले गर्भवती महिलाहरुलाई अनावश्यक रुपमा चिरिरहेको प्रष्ट हुने तामाङले बताइन । विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि सामान्य अस्पतालमा १५ प्रतिशत भन्दा बढि शल्यक्रिया हुनुलाई राम्रो मानिदैन । तर, नेपालका कुनै पनि अस्पतालमा यो भन्दा कम शल्यक्रिया सम्भवतः कमै छ । तामाङका अनुसार गर्भवतीहरुलाई अप्राकृतिक औषधिहरु खुवाएर सुत्केरी व्यथा लगाउने अनि शल्यक्रिया गरि बच्चा निकाल्ने प्रवृत्ति बढ्दै गइरेको छ । 

बच्चा जन्माउदा शल्यक्रिया गर्नै हँुदैन भन्ने होइन । तर, आमा र बच्चाको अवस्था जटिल भएको अवस्थामा मात्र शल्यक्रिया मान्य हुने उनी बताउछिन् । आमाको कारण पाँच प्रतिशत र बच्चाको कारण पाँच प्रतिशत शल्यक्रिया गर्नेुपर्ने हुन्छ ।  नेपालको ग्रामिण भन्दा शहरी क्षेत्रमा शल्यक्रियाबाट बच्चा जन्माउने प्रवृत्ति बढ्दै गएको छ । तर, शल्यक्रिया गर्न नपर्ने अवस्थामा पनि र बच्चा जन्माउँदा लाग्ने डरका कारण महिलाहरुले शल्यक्रिया रुचाउने गरेको डा. तामाङ बताउछिन् । 
कस्तो अवस्थामा गर्नुपर्छ शल्क्रिया 
क. पेट भित्र रहेको बच्चाको नाभीको पाठेघर माथि बस्नुपर्नेमा तल निस्केमा 
ख. बच्चा ठूलो भएमा 
ग. बच्चाले दिशा खाएमा
घ. लामो समयसम्म सुत्केरी व्यथा लागेमा 
ङ. बच्चाको मुटुको धड्कन तलमाथि भएमा (यस्ता समस्या देखिएमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ) 

तामाङका अनुसार शल्यक्रिया न बच्चाका लागि राम्रो हुन्छ न आमाको लागि । शल्यक्रियाबाट जन्मेको बच्चामा थाइराइड र दम जस्ता नसर्ने रोगको जोखिम बढि हुने गरेकोे विभिन्न अनुसन्धानले देखाएको तामाङले बताइन् । नर्मल डेलिभरीबाट जन्मेका बच्चामा ७.९ प्रतिशत दम रोग लाग्ने जोखिम हुन्छ भने शल्यक्रियाबाट जन्मेको बच्चामा ९.५ प्रतिशत जोखिम बढि हुन्छ । 

त्यसैगरी नर्मल डेलिभरीबाट जन्मेका प्रति एक हजार बच्चामध्ये १.७ प्रतिशतमा मधुमेह हुने जोखिम रहेको छ भने शल्यक्रियाबाट जन्मेका बच्चा मध्ये प्रति हजारमा २.३ मा जोखिम रहेको छ । मोटोपनाको जोखिम नर्मल डेलिभरीबाट जन्मेका बच्चाहरु मध्ये १५.८ मा रहेको छ भने सिसेक्सनबाट जन्मेका बच्चामध्ये १९.९ मा मोटोपनाको  जोखिम रहेको छ । 

यस्तै आमामा शल्यक्रिया गरेर बच्चा जन्माउँदा तत्काल धेरै समस्या देखा पर्ने विशेषज्ञहरु बताउँछन् । शल्यक्रियाका क्रममा अत्याधिक रक्तश्राव भई सुत्केरीको ज्यान जाने पनि गरेको छ । त्यसैगरी रक्तश्राव हुने, घाउ पाक्ने जस्ता समस्या देखा पर्ने गरेका छन् । त्यसैगरी पहिलो बच्चा जन्माउदा शल्यक्रिया गरेकी कुनै महिलाको दोस्रो बच्चा जन्माउदा पनि शल्यक्रिया नै गर्नुपर्ने अवस्था हुन्छ । 

Last modified on 2019-05-30 06:21:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts