गर्मी बढेसंगै लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप, एउटै बेडमा दुईजना राखेर उपचार 



Download our app to get more features

रुपन्देही १२ जेठ । तराईका अधिकासं क्षेत्रमा बिहानको ११ बजेपछि सडकमा मानिसको ओहोरदोहोर कम देखिन्छ । खचाखच हुने गाडीमा थोरै मानिसहरुले यात्रा गरेका हुन्छन् । सरकारी कार्यालयमा समेत सेवाग्राहीको संख्या दिउंसोको समयमा कम देखिन्छ । अन्यत्र मानिस कम भएपनि अस्पतालमा यतिबेला मानिसको घुइंचो लागेको देखिन्छ ।

गर्मी अति बढ्दै जांदा मानिसको स्वास्थ्य र जनजीवन समेत प्रभावित बन्दै गएको छ । अस्पतालमा बिरामी पनि बढेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक छ सय ५० देखि सात सयसम्म बिरामी स्वास्थ्य परिक्षणका लागि आउने गरेकामा अहिले आठ सयदेखि एक हजार सम्म आएकोे अस्पतालको  रेकर्ड शाखाले  जनाएको छ । 

प्रादेशिक अस्पतालका रेकर्डस अधिकृत भोला क्षेत्रीका अनुसार  गर्मि बढेसंगै बिरामीको चाप बढेको छ । सबै वाडमा गरि एक हजार भन्दा बढी बिरामी अस्पताल आउनले गरेको उनको भनाई छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन डाक्टर सुदर्शन थापा भन्दछन 'गर्मिको समयमा भाइरस र ब्याक्टेरियाका कारण हुने र सर्ने रोगका बिरामी बढी आउने गर्छन् ।' दूषित पानी, बासी खाना, सरसफाइमा ध्यान नदिंदा झाडापखाला, टाइफाइड, रुघाखोकी , जन्डिस, फुड प्वाइजनिङ जस्ता रोग गर्मि मौषमा बढी देखीने थापा बताउछन्  । डा. थापाका अनुसार स्नेक बाइट, आउं, मलेरिया, डेंगु जस्ता रोगको संक्रमण पनि बढ्दै गएको छ । 

गर्मीले गर्दा बढेका बिरामी पानी परेपछि अझ बढ्ने  अर्काे  फिजीसियन डाक्टर नन्दु पाठकले बताए । हामीले पिउने पानीको मुहान खोलानाला नै भएकाले पानी परेपछि  आएको बाढीले मुहानमा प्रदूषण बढ्ने भएकाले सरुवा रोगको संक्रमण बढ्छ । उनले भने 'पानी परेपछि रुघाखोकीका किटाणु पनि सतहमा आउंछन् र एउटाले खोक्दा सामान्य तबरले अर्कोमा सर्छ ।'

प्रादेशिक अस्पताल बुटबलका इमर्जेन्सी इन्चार्ज बबीता बजीमयका अनुसार पहिले सर्पका  बिरामी २ देखी ३ जना सम्म आउनेमा आजभोली १० जना भन्दा बढी आउने गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा सदाबहार बिरामीको चांप उत्तीकै हुने भएपनि चैतबाट यता गर्मीका कारण बिरामी बढ्दै गएका हुन् । इमर्जेन्सी वार्ड २८ बेड क्षमताको छ तर बिरामी बढी भएकाले एउटा बेडमा दुईजना र भुइंमा समेत बिरामी राखेर उपचार सेवा दिइरहेको इमर्जेन्सी इन्चार्ज बबीता बजियएले बताईन । उनले भनिन  'गत वर्ष डेंगुको महामारी थियो  तर अहिले सम्म त्यस्तो कुनै देखीएको छैन् ।'

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा कृष्ण प्रसाद खनालले भने  हामी गतबर्षको अबस्थालाई मनन गरेर सचेत अबस्थामा रहेका  छौ । अस्पतालमा आउने बिरामी केहि बढेपनि अहिले सम्म कुनै त्यस्तो महामारी जन्य अबस्था श्रृजना हुने खालका बिरामी  नआएको बताए । स्वास्थ्यकर्मी र औषधी अभाब नहुने तरीकाले अस्पतालले ब्यस्थापन गरेको खनालको भनाई छ । 

यस प्रादेशिक अस्पतालमा लुम्बिनी अञ्चलका तथा दाङ रोल्पा प्युठान सल्यान र गन्डकी अञ्चलका बाग्लुङ स्याङजा  तनहु लगायका क्षेत्रका बिरामीहरु आउने गरेको  अस्पताल प्रशासनले जनाएको छ ।गत बर्ष यस अस्पतालमा ४ लाख भन्दा बढी बिरामीले सेवा लिएको मेसु डा. खनाले बताए ।


 

Last modified on 2019-05-27 06:07:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts