५ नं प्रदेशलाइ सडक मानवमुक्त प्रदेश बनाउने: समाजीक बिकास मन्त्री बराल



Download our app to get more features

रुपन्देही १२ जेठ । प्रदेश नं. ५ सरकारले सडक मानवमुक्त प्रदेश बनाउन लागेको छ । जनता एक छाक खान नपाएर सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्दै सडक मानवमुक्त प्रदेश निर्माणमा सरकार लागेको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

मानव सेवा आश्रम बुटवल शाखाको औपचारिक उद्घाटनमा बोल्दै बरालले आश्रमले परिकल्पना गरेको सडक मानवमुक्त देश अभियानमा समेत साथ दिने वताए । प्रदेश सरकारले सडक मानवमुक्तका लागि आवश्यक कार्यक्रमहरु निती तथा कार्यक्रममा समेत समेटिएको जानकारी दिए । सडकमा रहेका बालबालिका, अपाङगता भएका, अशक्तहरुलाई पुर्नस्थापनका लागि मानव सेवा आश्रम लागेको भन्दै स्थानिय तहसंगको सहकार्यमा आश्रमलाई आवश्यक जग्गा उपलब्ध गराउने समाजीक बिकास मन्त्री बरालले बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सुन्दर बुटवल र सडकमानवमुक्त अभियानमा आश्रमसंग सहकार्य गर्दै अगाडि बढेको वताए । उनले आवश्यक सहयोगका लागि उपमहानगरपालिका समेत तयार रहेको जनाएका छन ।मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले २०८२ भित्रै नेपाल देशलाई नै कोहि पनि मानिस भोकै र नाङ्गै सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने गरी आश्रम सेवामा लागेको वताए ।
अधिकारीले गण्डकी प्रदेशले आश्रमका लागि जग्गा समेत उपलब्ध गराएर १ अर्बको लागतमा तिर्थ धामको रुपमा आश्रम निर्माण गर्ने प्रक्रियामा अगाडि बढेको बताउँदै बुटवलमा समेत जग्गा उपलब्ध गराईदिन आग्रह गरे ।

हाल मानवसेवा आश्रम ६ प्रदेशका ११ जिल्लाका १४ स्थानमा सञ्चालित छ । यसै बर्ष भित्र सात ओटै प्रदेशमा आश्रमको सेवासञ्जाल विस्तार गर्ने छ । साथै आश्रमले वेसाहारा रहित क्षेत्र घोषणाका कार्यक्रमलाई तिब्र बनाउने उद्देश्य रहेको अध्यक्ष अधिकारीले वताए ।
 

Last modified on 2019-05-26 17:03:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts