उच्च रक्तचाप र हृदयघातको सम्बन्ध कस्तो ?



Download our app to get more features

काठमाडौं, ११ जेठ । उच्च रक्तचाप भएको व्यक्तिलाई हृदयघात (हार्ट अट्याक) हुन्छ भन्ने ग्यारेन्टी छैन । तर, उच्च रक्तचाप हुने मानिसको रगतमा बढी चिल्लो (कोलेस्ट्रोल) र मधुमेह (सुगर) हुनेगर्छ । 
सुगर र कोलस्ट्रोल भएका मानिसलाई अन्य मानिसभन्दा हृदयघात हुने सम्भावना बढी हुन्छ ।

त्यसैगरी, यो अवस्थालाई निम्ताउने रोगको जोखिमका  कारण पनि एउटै हुन्छ । उच्च रक्तचाप र हृदयघात दुवै वंशाणुगत रोग पनि हुन् ।

मोटोपना, रगतमा चिल्लोको मात्रा बढी (कोलेस्ट्रोल), धुम्रपान, मधुमेह, मध्यपानको अत्याधिक सेवन, चिल्लो(बोसो भएको) र तारेको(भुटेको) खाना बढी खानु यी दुवै रोग लाग्ने कारणहरु रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराईले बताए ।

‘साथै हृदयघात भएको मानिसको ईतिहास हेर्ने हो भने प्रायःमा उच्च रक्तचाप देखिन्छ, जसकारण उच्च रक्तचाप हुने मानिसलाई हृदयघात हुने सम्भावना बढी हुन्छ भन्न सकिन्छ’, डा. भट्टराईले भने ।
यिनै विविध कारण रक्तचाप र हृदयघात एकअर्कासँग सम्बन्धित छन् ।

हृदयघात हुँदा रक्तचापको अवस्था के हुन्छ ?
हृदयघात हुने बित्तिकै मानिसको रक्तचाप घटेर जान्छ किनभने हृदयघात भनेको मुटुको मांसपेशीको कुनैपनि भागमा रक्तसंचार अवरोध भएर एकहद सम्म मरे तुल्य हुनु हो । 

यो अवस्थामा मुटुको रगत फाल्ने शक्ति कम भएर जान्छ । जसकारण हृदयघात भएको तत्कालीन अवस्थामा ब्लड प्रेसर घटेर जान्छ ।


 

Last modified on 2019-05-26 13:29:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts