सात महिनादेखि अस्पतालहरुले निशुल्क उपचारको रकम पाएनन्

कर्मचारीको तलबमा समेत समस्या



Download our app to get more features

रुपन्देही, १० जेठ । प्रदेश नं ५का निजी तथा गैरसरकारी अस्पतालले बिपन्न नागरिकलाई निशुल्क उपचमर गराए बापतको रकम सोधभर्ना सात महिनादेखि नपाएको बताएका छन् । मिर्गाैलाको डायलासीस र बिभिन्न आठ प्रकारका  कडा रोगको निशुल्क उपचार सेवा दिइरहेका पाच अस्पतालले सात महिनासम्म  पनि रकम सोधभर्ना नपाएको बताएका हुन् । 

स्वास्थ्य मन्त्रालयाट महिना महिना वा २ महिनामा  उपचारको रकम सोधभर्ना  हुनुपर्ने भएपनि  बिगत ७ महिनादेखी ५ वटा अस्पतालमा साढे ८ करोड रुपैया भुक्तानी भएको छैन् ।  प्रदेश नं ५ का १२   सरकारी तथा निजी अस्पताल मिर्गाैलाको डायलासीस र बिभिन्न आठ प्रकारका  कडा रोगको निशुल्क उपचार  गर्नको लागी सुचिकृत भएका  छन् ।

 निजी तथा सामुदायी अस्पतालसंञ्चालकले बुटबलमा पत्रकारका सम्मेलनको अयोजना गरि आफुहरुले  बिगत ७ महिनदेखी स्वास्थ्य मन्त्रालयबाट सोध भर्ना रकम नपाएको बताए । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले यस क्षेत्रका ५ अस्पताल गौतमबुद्ध सामुदायीक मुटु अस्पताल युसिएमएस भैरहवा,  नेपालगञ्ज मेडीकललेज,  क्रिमसन अस्पताल मणिग्राम र  सिद्धार्थनगर शिटी अस्पताल भैरहवाले  शुल्क नपाएको बताए । 

अध्यक्ष आलमले भने  'हामीले बिरामीलाई सेवा रोकेका छैनौ हामीलाई अस्पताल संञ्चालन गर्न पनि समस्या भयो ।' यसक्षेत्रमा  रहेको मुटु अस्पताले चार करोड ४७ लाख, युनिर्भशल मेडिकल कलेज भैरहवाले  एक करोड ३६ लाख,  क्रिमशन अस्पतालले १ करोड ३५ लाख नेपालगञ्ज मेडिकल कलेजले ७० लाख शिद्धार्थ शिटी अस्पताल भैरहवाले  ५८ लाख गरि  ८ करोड ४६ लाख सोधभर्ना पाउन बाकी रहेको पनि अलामले बताए । सरकारले १० बर्ष पहिला तोकेको न्युनतम २ हजार ५ सयमा  डायलासिस सेवा उपलब्ध गराएको भएपनि  समयमा  भुक्तानी नहुदा दोहोरो मरमा परेको उनले भनाइ छ । 

सरकारले भुक्तानी गर्नुपर्ने रकम रोकिदा चिकित्सक कर्मचारी  औषधी तथा अन्य कर्मचारीको तलबमा समेत समस्या हुने गरेको अध्यक्ष आलम जानकारी दिए । उनले भने 'यस्तो अबस्था लम्बीदै गए उपचारमा समस्या हुने छ । '

पत्रकार सम्मेलनमा  क्रिमसन अस्पतालका संञ्चालक सुरज भट्राई युसिएमएस कलेजका प्रबन्धक कमल राज ढकाल शिद्धार्थ शिटीका  प्रबन्धक निर्देशक अर्जुन पौडेल नेपालगञ्ज मेडीकलक लेजका बित्तय प्रबन्धक श्याम शर्माले बोल्दै  सरकारले आफुहरुको समस्या  छिटो समाधान गर्नू पर्ने बताएका छन । यस्तो अबस्थाले अस्पताल संञ्चालन र बिरामीलाई समेत समस्या  हुने उनीहरुको भनाई छ ।   

क्रिमसन अस्पतालका संञ्चालक सुरज भट्राईका अनुसार  निजी र सरकारी गरि ५सय ५० जनाले डायलासिस सेवा लिएका छन । त्यो मध्ये सरकारीमा न्युन र निजीमा बढी बिरामी भएको उनले दावी गरे ।

Last modified on 2019-05-26 13:29:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts