आफै गाडी चलाएर अस्पताल भर्ना भएका डा.अग्रवालको निधन

परिवार भन्छः अस्पतालको लापरवाहीले मृत्युु



Download our app to get more features

मोरङ, ८ जेठ । आफै गाडी चलाएर अस्पताल पुुगेका डा. बिमल अग्रवालको निधन भएको छ । 

विराटनगरको चर्चित बाल रोग विशेषज्ञका रुपमा परिचित डा.अग्रवालको मस्तिष्कघातका कारण निधन भएको हो । 

गत वैशाख २४ गते नोबेल अस्पताल भर्ना भएका डा. अग्रवालको उपचारका क्रममा मंगलबार राति १०ः५८ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ । 

६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत अग्रवाललाई सुरुमा मुटुमा दुखाई भएपछि उनी आफै गाडी चलाएर अस्पताल पुुगेका थिए । मस्तिष्कघात भएपछि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 

डा. अग्रवालको उपचारमा वरिष्ठ न्यूरो फिजिसियन डा. डिल्लीराम काफ्ले, वरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले, बरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश नेपाल सहभागी थिए । परिवारले चिकित्सकको लापरवाहीका कारण निधन भएको आरोप लगाएका छन् । परिवार स्रोतका अनुसार उनी जुनदिन अस्पताल पुुगे त्यो बेला नै डाक्टरहरुले ब्रेन स्ट्रोकको जाँच गरेको भए आज उनी मर्ने थिएनन् ।

४३ वर्षीय डा. अग्रवाल पूर्वीक्षेत्र कै चर्चित बालरोग विशेषज्ञ मानिन्थे ।

Last modified on 2019-05-23 06:07:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts