राप्ती आयुर्वेद चिकित्सालयका लागि पठाएको औषधि  बुटवलमै अलपत्र, बिरामीको बिचल्ली



Download our app to get more features

दाङ, ३ जेठ ।  बुटवलमा औषधि  अलपत्र परेपछि  राप्ती आयुर्वेद चिकित्सालयमा उपचारका लागि आउने बिरामी बिचल्लीमा परेका छन् । 

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका लागि बिभागले पठाएको ८ कार्टुन औषधि चिकित्सालयले गाडी भाडा तिर्न नसक्दा बुटवलमै थन्किएको हो ।

करिब २ महिनादेखी विभागले पठाएको ८ कार्टुनरु औषधी बुटवलमै अलपत्र परेपछि बिरामीहरुको बिचल्ली भएको छ । 

शान्तिनगर गाउँपालिका ५ रगैजाका ठाकुर प्रसाद रावत उपचारको लागी तुलसीपुर ९ दोघरे राप्ती आयुर्बेद चिकित्सालय  गएका थिए । आफ्नो समस्या उनले डाक्टरलाई भने ।

रावतको समस्या बुझेपछि डाक्टरले ५ किसीमको औषधि  लेखिदिए । तर रावतले ति सबै औषधि भने पाएनन् । 

तुलसीपुर ९ की कमला सापकोटाको पनि व्यथा उस्तै छ । तुलसी र रावत जस्ता दैनिक सयौ विरामहरु  आयुर्वेद आउँछन् । तर, औषधिको अभाव भएपछि उनीहरु  निराश भएर फर्कन बाध्य छन् । 

चिकित्सालयले निशुल्क औषधि बितरण पनि गर्छ । तर पर्याप्त औषधी भने छैन । 

गाडिको भाडा तिर्न चिकित्सालयले सहयोगका लागि तुलसीपुर उपमहानगरपालिका सँग गुहार मागेको भएपनि सुनुवाई नभएको चिकित्सालयका वैद्य मन्जीतकुमार यादवले बताए । 

यता गत बर्ष मंसीरदेखी चिकित्सालयमा ल्याव सेवा शुरु गरिएको भएपनि केमिकल र भौतिक संरचनाको अभावमा समस्या देखिएको छ ।   आर्थिक र दक्ष जनशक्तिको पनि समस्या नै  रहेको छ । 

२००६ सालमा आयुर्बेद केन्द्रको रुपमा स्थापना भएको हो ।  

हालको चिकित्सलाई तुलसीपुर उपमहानगरपालिकाले बजेटको आश्वसान भने दिदै आएको छ । तर त्यो आश्वासन पुरा भने कहिले हुने हो थाहा  नभएकोे चिकित्सालयका ल्याव असिस्टेन महेश वलीले बताए ।  

अस्पताल नगरपालिकाको मातहतमा गएपछि हरेक कुराको लागी नगरपालिकामा जानुपर्ने भएकाले समस्या भएको चिकित्सालयको भनाइ छ ।

Last modified on 2019-05-18 06:58:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts