उच्च रक्तचाप भएका व्यक्तिले कस्ता खानेकुरा खाने ?
काठमाडौं ३ जेठ । हेरक वर्ष मे १७ का दिन विश्व उच्च रक्तचाप दिवस मनाउने गरिन्छ ।
रक्तचाप (ब्लडप्रेसर)बारे जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउने गरिन्छ ।
उच्चरक्तचाप भएमा तत्काल कुनै निश्चित लक्षण देखिदैन । तर, समयमै परिक्षण नगरेमा हृदयघातको जोखिम बढी हुन्छ ।
दुई महिनामा एकपटक रक्तचाप परीक्षण गरिरहनुपर्ने चिकित्सकहरु बताउँछन् ।
रक्तचाप भएका व्यक्तिले समयमै उपचार गरेर औषधि सेवन नगरे मृत्युसमेत हुनसक्छ ।
उच्च रक्तचाप भएका व्यक्तिले आफ्नौ दैनिकि परिवर्तन गरेमा नराम्रो परिण हुनबाट जोगिन सकिन्छ ।
उच्च रक्तचाप भएकाले कस्ता कुरा खाने ?
केरा
एभोकाडो
सखरखण्डा
लसुन
ऐसुलु/जामुन
बदाम
माछा
सुर्यमुखीको विउ
फर्सिको विउ
अनार
त्यसैगरी, उच्च रक्तचाप भएकाले नुनको मात्रा कम गर्नुपर्ने हुन्छ ।
कम रक्तचाप भएका व्यक्तिले भने रसयुक्त फलफूलको खानुपर्छ । जस्तैः खरबुजा
उच्च रक्तचापबाट कसरी बच्ने ?
दैनिक व्यायाम गर्ने
तनाव कम लिन
कामको व्यवस्थापन गर्ने
समयमै सुत्ने
सन्तुलित खाना खाने
बाहिरी खाना नखाने
पानी पिइरहने
धुम्रपान र मद्यपानको प्रयोग नगर्ने