विकासोन्मुख देशमा आँखाको क्यान्सरबाट हुने मृत्युदर ७० प्रतिशत, नेपालमा वर्षेनि ४० जना नयाँ बिरामी



Download our app to get more features

काठमाडौं, ३० वैशाख । नेपाल लगायतका विकासोन्मुख देशहरुमा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) रोगबाट हुने मृत्युदर अधिकतम ३० देखि ७० प्रतिशत रहेको छ । साथै नेपालमा यस रोगका नयाँ बिरामी वार्षिक ३५ देखि ४० को संख्यामा नयाँ बिरामीहरु आउने गरको आखाँको क्यान्सर विशेषज्ञ बताउँछन् ।

रेटिनोब्लास्टोमा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो । करिब १५ देखि २० हजार नवजात शिशुहरु मध्ये एकमा यो रोग देखा पर्न सक्छ । यो वंशानुगत पनि हुन सक्छ ।

विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताहको उद्घाटनमा बोल्दै तिलगंगा आखाँ प्रतिष्ठानका उपनिर्देशक प्रा. डा.रोहित सैजलेुं यो रोग ५ वर्ष मुनिका बालकालिकालाई हुने बताए । उनका अनुसार नेपाल लगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ३०–७० प्रतिशत रहेको छ तर विकसित देशहरुमा एक प्रतिशत भन्दा कम रहेको छ । विकासोन्मुख देशहरुमा अधिकतम मृत्युदर हुनुको प्रमुख कारणहरुमा अशिक्षा,अन्धविश्वास,गरिबी तथा दक्ष चिकित्सक र उपकरणहरुको अभाव रहेको पनि बताए । उनले भने 'जति छिटो बिरामीहरु उपचारको लागि अस्पताल आँउछन् त्यति नै छिटोे आँखा तथा ज्यान जोगाउन सक्छौं । त्यसको लागि जनचेतनाको बढाउन हामी सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ ।”

प्रतिष्ठानका अकुलोप्लाष्टिक सर्जन तथा नेप्लीज सोसाइटी अफ अकुप्लाष्टिक सजर्नका महासचिव डा.बेन लिम्बुले साधरणतया शिक्षा र जनचेतनाको अभावले बिरामीहरु ढिलो आउने गरेको र आर्थिक अभावको कारण उपचार नगरी फर्कने देखिएको बताए । उनले भने मृत्युदर पनि बढी देखिएकोले बिरामी ढिलो आउँदा आँखाको डल्लो नै निकाल्नुपर्ने हुन्छ । कतिको उपचार गर्दागर्दै पनि आँखा तथा ज्यान जोगाउन नसक्दाको पीडाले हामीले आखिर के चाहिँ कारण हो त भनि यस सम्बन्धी हामीले ७ वटा प्रदेशको २७ वटा अस्पतालमा अनुसन्धान शुरु गरेका छौं । देशभरिका अस्पतालमा जनचेतना जगाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरेको पनि उनले बताए ।

तिलगंगा आँखा प्रतिष्ठान तथा आँखाको प्लास्टिक शल्य चिकित्सा सम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोग सम्बन्धि चेतना जगाउने उद्देश्यले विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह यहि वैशाख २९ देखि जेष्ठ ४ गतेसम्म संचालन गरिनेछ ।

समुद्घाटन समारोहमा बोल्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.पुष्पा चौधरीले हरेक अस्पतालको प्रसुती वार्डमा गर्भवती तथा सुत्केरी महिलालाई जानकारी उपलब्ध गराईदिए पनि धेरैले थाहा पाउन सक्ने बताइन । गैर सरकारी संस्थाद्धारा संचालित आँखा अस्पतालले गर्दा आँखाको उपचारमा नेपाल रोल मोडल बनेको चौधरीको दावी छ । घरपरिवार र समूदायमा जनचेतना फैलाउन जरुरी रहेको उनले बताइन् । उनले भनिन् 'आर्थिक अवस्थाले यस रोगको लागि उपचार गर्न नसकेका बिरामीहरुको लागि के कस्तो सहयोग गर्न सकिन्छ सरकारसँग पहल गर्नेछु र यस रोगसँग लड्न हामी सबै हातेमालो गरेर अघि बढौं ।”

आँखाको क्यान्सर विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारले वार्षिक ३५ देखि ४० को संख्यामा नयाँ बिरामीहरु आउने गरको बताइन । पहिले उपचारको लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था थियो भने अहिले नयाँ प्रविधिको प्रयोग गरी शल्यक्रिया नगरिकन पनि उपचार गर्ने सकिने उनले बताइन् ।

सप्ताहभरि नै जनचेतनाको लागि पर्चा,पम्प्लेट,स्टिकर टाँस्ने, बालबालिकामा चित्रकला प्रतिस्पर्धा, आमासमूह र बालबालिकामा यो रोग लाग्दा कस्तो देखिन्छ भनी फोटो देखाउन, विद्यालय, अस्पताल,समूदायमा पोस्टर टाँस्ने, आमसंचारका विभिन्न माध्यमबाट यस रोग सम्बन्धी जानकारी दिईने आदि गरी मनाउने भएको छ ।

५ वर्ष मुनिका बालबालिकाकाको आँखाको नानीको बिचमा सेता टीका देखिएका वा असामान्य रुपमा आँखा रातो भएका वा डेढोपना देखिएमा तुरुन्त आँखा परिक्षणको लागि सम्पर्क राख्ने । समयमा नै रोगको निदान र उपचार गर्न सकिएमा आफ्नो बालबालिकाको दृष्टि, आँखा र जीवनको सुरक्षा गर्न सकिन्छ । आँखा रोग विशेषज्ञद्धारा आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिन्छ । लेजर,क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यो रोगको उपचार गरिन्छ । ढिलो अवस्थामा पुगेका बिरामीका आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन सक्छ ।

 

Last modified on 2019-05-13 16:44:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts