नर्सहरुको न्यूनतम तलब डेढ महिनाभित्रै बढाउने मन्त्रि विष्टको दाबी

काठमाडौ, २९ वैशाख । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघले आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुको न्यूनतम तलब बढाउने दाबी गरेका छन् ।
मन्त्री विष्टले भने ‘सरकारी तथा नीजि क्षेत्रका अस्पतालमा निरीक्षण गरी भोलेन्टियर राखिएको र न्युनतम तलब दिएको पाइएमा कानूनी दायरामा लेराइन्छ ।’
‘यससँगै त्यसको डेढ महिनाभित्रै नर्सहरुको न्यूनतम तलब बढाइन्छ’, उनले थपे ।
नर्सहरुले धेरै कठिनाईका बाबजुद पनि हाँसेर सेवा दिने गरेको भन्दै मन्त्रि विष्टले उनहरुको कामको सम्मान गर्नुपर्ने बताए ।
‘नर्सहरुलाई न्युनतम पारिश्रमिक र आवश्य सुविधा नदिने अस्पतालहरु छन् भने तथ्यका आधारमा श्रम मन्त्रालयमा उजिर दिनु होला, तत्काल मन्त्रालयले त्यस्ता प्रतिष्ठान वा अस्पताललाई कारबाहिको दायरामा ल्याउने छ’, उनले भने ।
सरकराले सरकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरुका लागि मात्र नभएर पेन्सनको सुविधा नीजि अस्पतालमा काम गर्ने व्यक्तहरुलाई पनि व्यवस्था गर्ने प्रतिवद्धता जायर गरे ।
नेपाल नर्सिङ संघकि अध्यक्ष तारा पोखरेलले लाखौं खर्च गरेर नर्सिङ पढेका नर्सहरु पाँच हजारको पारिश्रमिक बुझेर डबल काम गर्न बाध्य भएको बताइन् ।
मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको समस्या तत्काल समाधान गर्न पनि अध्यक्ष पोखरेलले आग्रह गरिन् ।