एक वर्षमा जिनोमिक डायम्नोष्टिक ल्याबरोटरीबाट ५० हजारलाई सेवा

रुपन्देही, २९ वैशाख । एक बर्षअघि बुटवलमा स्थापना भएकोे जिनोमिक डायम्नोष्टिकले ५० हजार भन्दा बढीलाई उपचार सेवा दिएको छ ।
लुम्बिनी अञ्चल तथा आसपासका दाङ, रोल्पा, रुकुम लगायतका जिल्लाका ५० हजार भन्दा बढी बिरामीलाई ल्याब सेवा दिएको डायम्नोष्टीक ल्यावरोटरका सञ्चालनको भनाई छ ।
स्थापना दिवसका अवसरमा अयोजित कार्यक्रममा सञ्चालकहरुले गुणस्तरीय ल्याब सेवालाई जोड लिएका थिए ।
जिनोमिक डायम्नोष्टीक ल्याबरोटरीका सञ्चालक मानबहादुर श्रेष्ठले भने ल्यावको गुणस्तरमा भन्दा दररेटमा बढी प्रतिश्पर्धा भएकोले सेवाग्राहीले शंका गर्न थालेको बताए ।
अहिले ल्याब सञ्चालनमा सबैभन्दा बढी समस्या रुपन्देही मै भए पनि जिनोमिकले गुणस्तरमा सम्झौता नगरेको दावी गरे ।
ल्याबका क्यालिटी म्यानेजर सुमन सापकोटाले भने यस क्षेत्रमा बिशेषज्ञसहितकोसेवा दिएको बताए ।
उनले जिनोमिक डायम्नोष्टीक ल्याबरोटरीमा थप नयाँ सेवासहित गुणस्तरी सेवा दिएको दावी गरे ।
जिनोमिकले यसक्षेत्रमा नभएको एलर्जी प्यानल सेवा पनि सुरु गरेको बताए । धुलो र खानाको कारणले हुने एलर्जीको उपचार यहीबाट मात्रै हुने उनले बताए ।
वार्षिक उत्सबको अबसरमा थाइराईडको उपचारमा छुटसहित बिभिन्न ठाउँमा निःशुल्क शिविर संञ्चालन गर्ने सञ्चालक नारायण भण्डारीले बताए ।
जिनोमिक डायम्नोष्टिक ल्याबरोटरीका म्यानेजर रमेश पाण्डेले ल्याबरोटरीमा काम गर्ने कर्मचारीको लागी प्रोत्साहन भत्ता, महिलाको लागी प्रसूति भत्ता लगायत सेवा दिएको बताए ।
संस्थाका अध्यक्ष बिनोदकुुमार ज्ञावलीले अस्वस्थ प्रतिस्पर्धा बढी भएको आरोप लगाए । उनले क्यालिटीमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए । यद्यपी, आफुहरुले अरुको भन्दा फरक तरिकाले सेवा दिएको दवी गरे ।
५० जना भन्दा बढी सञ्चालकको तीन करोड ५० लाख लगानीमा यो संस्था सञ्चालन गरेको म्यानेजर पाण्डेले बताए ।