किशोरकिशोरीको शारीरिक तथा मानसिक स्वास्थ्यस्थिति उच्च जोखिममा

१७ प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती,२० वर्षमुनिका मातृमुत्युदर १४ प्रतिशत



Download our app to get more features

काठमाडौं, २९ वैशाख । नेपालमाकिशोरकिशोरीको संख्याकुल जनसंख्याको २४दशमलव१८ प्रतिशत रहेको केन्द्रीयतथ्याङ् विभागको तथ्याङले देखाउँछ ।  विवाहको औसत उमेर पुरुषको २१दशमलव७वर्र्ष रहेतापनिमहिलाको हकमा १७ दशमलव ९ रहेको छ ।

सन् २०१६ को नेपालजनसांख्खिकतथा स्वास्थ्य सर्भेक्षणअनुसार १७ प्रतिशतकिशोरी उमेर नपुग्दै गर्भवतीतथाआमाबनिसकेका हुन्छन् ।यसले नेपालमाकलिलो उमेरमै विवाह गर्ने र कम उमेरमै बच्चाजन्माउने प्रचलनकिशोरीहरूमाआमरूपमा रहेको पुष्टिभएको छ ।

यसैगरी, परिवार नियोजनको अपरिपूर्तिमाग २४ प्रतिशत छ भने यो माग१५ देखि १९ वर्षका किशोरकिशोरीहरूमाअझ बढी (३५ प्रतिशत) रहेको देखिएको छ ।

गर्भनिरोधक साधनहरूको उपयोग राष्ट्रिय औसत ४३ प्रतिशतको तुलनामाविवाहितकिशोरकिशोरीले अत्यन्तन्यूनअर्थात् १४ दशमलव५ प्रतिशतले मात्र उपयोग गरेको देखिन्छ । 
नेपालजनसांख्खिकतथा स्वास्थ्य सर्भेक्षण २०१६ अनुसार १५ देखि १९ वर्ष उमेरका किशोरकिशोरीमध्ये १८दशमलव २ प्रतिशतकिशोरीमा र २४दशमलव३ प्रतिशतकिशोरमा एचआइभी संक्रमणसम्बन्धी बृहतर ज्ञान भएको पाइन्छ ।

नेपालमा सन् २००२ मा गर्भपतनलाई कानूनीमान्यतादिइएतापनिबिना योजनाअथवा अनिच्छित रूपमागर्भवतिहुने धेरै छन् ।

१५ देखि १९ वर्षका किशोरीमध्ये ४०दशमलव९ प्रतिशतलाई मात्रै सुरक्षितगर्भपतन सेवापाइने ठाउँबारे जानकारी भएको पाइएको छ ।

सबै मातृ मुत्युहरूमध्ये १३दशमलव९ प्रतिशतमातृ मुत्यु २० वर्षमुनिकाकिशोरीमामात्रभएको पाइन्छ ।

यसैगरी, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, नेपालले सन् २०१७ मा ३१, ०२०  जनामाएचआईभीको संक्रमण रहेको अनुमान गरेको छ ।

जसमध्ये १५ देखि ४९ वर्षको बयस्कमायसको अनुपात ०दशमलव१५ छ भने १५ देखि २४ वर्षको युवाहरूमा यसको अनुपात 0 दशमलव०२ रहेको छ ।

नेपाल किशोरकिशोरी तथा युवा सर्वेक्षण सन् २०१९ अनुसार १५ देखि १९ वर्ष उमेर समूहकालगभग १२दशमलव३ प्रतिशतकिशोरीले र १० देखि १४ वर्ष उमेर समूहका ४१ दशमलव प्रतिशत बालिकाहरूले कुनै न कुनै प्रकारको शारीरिक हिंसाव्यहोरिरहेका छन् ।

करिब ३०दशमलव४ प्रतिशतकिशोरकिशोरीले मदिरा पिउने गरेका छन् । 

किशोरकिशोरी तथा युवा सर्वेक्षण सन् २०१९ अनुसार  एक्लोपन, चिन्ता, निराशा, आत्महत्याको सोच र मित्रता टुट्नुलाई युवाहरूमा हुने मानसिक स्वास्थ्य समस्याका रूपमा देखिएको छ ।

यो उमेर समूहमा आत्मसम्मानको कमीआम समस्या हो र किशोरकिशोरीमा कुण्ठा क्रमशः १० देखि १४ वर्ष उमेर समूहमा २८ प्रतिशत र १५ देखि १९ वर्ष उमेर समूहमा ४६ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ ।

उल्लेखित तथ्यांकको आधारमा किशोरीशोरीमा स्वास्थ्यसम्बन्धी सूचनातथाजानकारी एवं चेतनास्तर तथा परिवार नियोजन साधनको प्रयोग न्यून छ ।

किशोरकिशोरीमा बालविवाह, असुरक्षित यौनसम्पर्क, संक्रमित रोगहरूको प्रकोप, सुर्तीजन्यतथामदिरा प्रयोग उच्च रहेको देखिन्छ ।

यी तथ्यहरूले किशोरकिशोरीको शारीरीक तथामानसिक स्वास्थ्यस्थितिउच्च जोखिममा रहेको प्रष्ट देखाएको छ ।


 

Last modified on 2019-05-15 09:04:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts