गर्मीको मौसममा दादको जोखिम बढी
ध्यान दिउँ यस्ता कुरामा

काठमाडौंं, २८ वैशाख । गर्मी मौसम बढेसँगै आम मानिसलाई दादको समस्याले सताइरहेको हुन्छ ।
उनीहरुले छालाका यस्ता समस्या आफूखुशि उपचार गर्ने गर्छन् , यसकारण थप समस्या बढ्छ ।
त्यसैले यस्ता लक्षण देखा परेमा यी कुरामा ध्यान दिन जरुरी हुन्छ
लक्षण
चिलाउने
सानो पैसा आकारको दाग देखिने , फैलिँदै जाने
बीच भागमा राम्रो भएजस्तो देखिन्छ, तर बाहिर रातो बढ्दै जान्छ
खराब औषधि पर्यो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहर्यााउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ
को बढी जोखिममा
रोगप्रतिरोधी क्षमता कमी भएका व्यक्ति
मधुमेह भएका, दीर्घरोग भएका, रोगप्रतिरोधी क्षमता कम बनाउने औषधि खाइरहेका
सार्वजनिक पोखरीमा बढी पौडी खेल्ने
एकआपसमा लुगा साटासाट गरेर लाउँदा पनि सर्छ
कपालको फंगल्स विद्यालय जाने बालबालिकामा बढी हुन्छ
यी कुरामा ध्यान दिउँ
पसिनालाई शरीरमा ओभाउन नदिने
कटनका लुगा लगाउने
शरीरमा हावा छिर्ने खुला कपडा लगाउने
शरीरमा फोहोर हुन नदिने
सामूहिक पौडी पोखरीमा नजाने एक–अर्काको कपडा साटेर नलगाउने
औषधि नमिसाइएको सादा साबुनले नुहाउने
नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने
जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ
बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने
आफूखुसी उपचार कहिल्यै पनि नगर्ने
चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।
छालारोग विशेषज्ञ डा सविना भट्टराईसँगको कुराकानीमा आधारित