बाथरोगको समयमै उपचार नगरे देखापर्छ यस्तो असर
युरिकएसिड ठिक पार्दा बाथ निको हुन्छ भन्ने गलत भ्रम

काठमाडौं, २८ वैशाख । नेपालमा समयमै उपचार गराउने बानि निकै नै कम रहेका कारण बाथ रोग न्युनिकरणमा केही समस्या भएको चिकित्सकहरु बताउँछन् ।
बाथरोग मध्ये एन्किलोसिङ स्पोनडिलिटिस (ढाड वा मेरुदण्डको बाथ) बढी रहेको बरिष्ठ बाथरोग विशेषज्ञ डा. स्वेता नकर्मीले जानकाकरी दिइन् ।
नेपालमा ४० लाख बाथ रोगीमध्ये १० प्रतिशतमा ढाडको बाथ रहेको रातोपुलस्थित बाथ रोग सेन्टरको तथ्याङ छ ।
यस रोगको पहीचान तथा रोकथाम समयमै नहुँदा मानिसको मृगौला, मुटु तथा कलेजो जस्ता महत्वपूर्ण अङ्गहरुमा असर पुर्याई ज्यान समेत लिने डा. नकर्मीले बताइन् ।
‘समग्रमा भन्दा मानिसको आयु १० वर्ष कम हुने गर्छ’, उनले भनिन् ।
बाथरोगबारे यस्तो भ्रम
धेरैजसोमा युरिकएसिड ठिक पार्दा बाथ निको हुन्छ भन्ने गलत भ्रम रहेको डा. नकर्मीले प्रस्टाइन् ।
‘युरिकएसिडले केवल ०. १ प्रतिशत बिरामीहरुलाई मात्र ठीक हुने गरेको हुँदा युरिकएसिड ठिक पार्दा बाथ निको हुन्छ सोच्नु गलत भ्रम हो’, उनले भनिन् । । यो रागलाई ठीक पार्न विभिन्न परिक्षण गर्नुपर्ने डा. नकर्मी बताउँछिन् ।
यस्तो परिक्षण नेपालमा ९० प्रतिशत सम्भव भएको बताउँदै उनले कतिपय परिक्षण भारतमा समेत पठाउनुपर्ने जानकारी दिइन् ।
लक्षण के–के ?
यस रोगमा मेरुदण्ड विहानीपख दुख्ने, अरठ्ठा हुने
विस्तारै मेरुदण्ड बाङ्गिदै जाने
हात तथा खुट्टाका जोर्नीहरु दुख्ने, सुन्निने, विहान अरठ्ठो हुने
आँखा बारम्बार रातो भएर दुख्ने, कुर्कुच्चाको मुनि वा पछाडी दुख्ने
समयमै उपचार नगरे मेरुदण्ड र जोर्निहरु बाङ्गिने, जोडिने हुन सक्छ
मुटुको भल्बको समस्या
फोक्सोमा जालि पर्ने र किड्नीमा