विश्व छाला स्वास्थ्य दिवस

नेपाल चर्म, यौन तथा कुुष्टरोेग समाजले निकाल्याे प्रभातफेरि

१० प्रतिशत नेपालीमा छाला रोगको समस्या



Download our app to get more features

काठमाडौं, २८ वैशाख । आज विश्व छाला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । दिवसको अवरमा नेपाल चर्म, यौन तथा कुुष्टरोेग समाजले प्रभातफेरि निकालेको छ । 

छाला स्वास्थ्य सबैका लागि मूल नाराका साथ निकालिएको प्रभातफेरि महाराजगञ्ज चक्रपथ पुुगेर फेरि शिक्षण अस्पतालमै आएर सभामा परिण भएको थियो ।

प्रभातफेरमा समाजका पदाधिकारी, सदस्य, चर्मरोग विशेषज्ञ, विद्यार्थी र चिकित्सकहरुको सहभागिता थियो । 

नेपालमा अस्पतालमा आउने बिरामीहरुमध्ये १० प्रतिशत बिरामीहरु कुनै न कुनै प्रकारको छाला रोगले ग्रसित भएको पाइएको छ । त्यस कारण छाला रोगबाट जोगिन खानपिन, सरसफाईमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । नेपालमा विशेषगरी डावर, संक्रमण, डण्डीफोर, एक्जिमा, सोरियासिस जस्ता छाला सम्बन्धि रोगले सताउने गरेको पाइएको छ ।

हेरौं समाजको प्रभातफेरिका केहि तस्बीर...

Last modified on 2019-05-11 13:12:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts