प्रदेश ५ र कर्णालीका ९ वटा अस्पतालमा जेठ १ बाट स्वास्थ्य बीमा लागु हुने



Download our app to get more features

रुपन्देही २६ वैशाख । प्रदेश ५ का ८ वटा र कर्णाली प्रदेशको एउटा स्वास्थ्य संस्थासँग नेपाल सरकार राष्ट्रिय बीमा बोर्ड काठमाण्डौले सम्झौता गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहका लागि लागी बोर्डले बिहीवार ९ वटा स्वास्थ्य संस्थासंग सम्झौता गरेको हो । 

आगामी जेठ १ गतेदेखी ती स्वास्थ्यसंस्थाहरुबाट बिमीतहरुले सेवा पाउने गरी सम्झौता गरिएको राष्ट्रिय बीमा वोर्डका कार्यकारी निर्देशक डा. रमेश कुमार पोखरेलले बताए । उनका अनुसार, बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, खजुरा प्राथमीक स्वास्थ्य चौकि, लक्ष्मणपुर स्वास्थ्य चौकि, वनकटुवा स्वास्थ्य चौकि, लुम्वीनीको नेत्र विज्ञान अध्ययन संस्थान, भीम अस्पताल, भैरहवाको युसीएमएससँग र कर्णाली प्रदेशको आठविसकोट नगर अस्पताल रुकुम पश्चिमसँग लिखित सम्झौता गरिएको हो ।

अब स्वास्थ्य बीमा गरेका बिमितले यी स्वास्थ्य संस्थाबाट बीमाको सेवा पाउनेछन् । सरकारले ५ जनाको परिवारलाई वार्षिक ३ हजार पाँच सय रुपैयाको बीमा गरेवापत १ लाख रुपैया सम्मको स्वास्थ्य सेवा उपलव्ध गराउने छ । गरिब तथा विपन्न परीवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था गरिएको डा.पोखरेलले बताए ।
 

Last modified on 2019-05-10 09:08:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts