लुम्बिनी प्रादेशिक अस्पतालः पाँच महिनामै जन्मियो ७ सय ७५ ग्रामको शिशु 



Download our app to get more features

रुपन्देही २६ वैशाख । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा २४ हप्ताको  अर्थात ५ महिनामा  जन्मेकोे नबजात शिशुलाई बचाउन सफल भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयासबाट शिशुलाई बचाउन सफल भएको छ ।

कपिलबस्तु वाणगंगा ८ कि बिमला पन्थीको पहिलो सन्तानका रुपमा जन्मेका बच्चा  जन्मेको ७ सय ७५ ग्राम तौल रहेको अस्पतालले जनाएको छ । आमा बिमलाको नियमीत गर्भजाच गराई रहदा अचानक पाठेघरको पानीको मात्रा कम भएको र आमालाई २४ हप्तामा बेथा लागेपछि अस्पताल पुर्याइएको हो । अस्पतालका अनुसार बच्चा नर्मल डेलीभरी बाट जन्मिएको हो । 

जन्मिदै कमतौल भएका बच्चालाई  अस्पतालका बाल बिशेषज्ञ डा नेत्र बहादुर राना को परामर्श र सहयोगबाट  अस्पतालको एनआईसीयुमा  भर्ना गरिएको हो । डा. रानाले अस्पतालमा एनआईसीयु संञ्चालन भएपछि ७ सय ७५ ग्रामको बच्चा पहिलो पटक भर्ना गरि उपचार गरेको बताए । अस्पतालको एनआईसीयुमा १ सय ४ दिन सम्म राखि उपचार गरेर  १८ सय ५० ग्रा तौल बनाई  घर पठाईएको छ । 

डा राना भन्दछन 'यति सानो कम तौल भएको बच्चालाई एनआईसीयुबाट उपचार भै सफल भएको पहिलो घटना हो । सम्भबत यो नेपालमै पहिलो घटना हुनसक्ने उनले बताए ।' साधन, श्रोत, हौसला र टीम ओर्क राम्रो भएको अबस्थामा यस्ता जटिल कार्यहरुपनि  सहज रुपमा पारलगाउन सकिने उनको भनाई छ । उनले भने सबैले आश मारेको बच्चालाई सामन्य तौलको बनाई घर पठाउन पाएकोमा असाध्यै खुसीलागेको छ ।

एनआईसियु ईज्र्चाज ज्योती पौडेलका अनुसार अस्पतालमा ८ वटा एनआईसियु बेड रहेका छन् । संधै सबै बेड प्याकरहने भएपनि  असामान्य अबस्थामा  रहेको  यो बच्चालाई लामो समय सम्म उपचार गरेर घर पठाउदा  सबै एनआईसीयुटीम अत्यन्तै हर्षित भएको पौडेलले बताईन । उनले आफनो टीमले अथक प्रायस गरेर समान्य बनाई घरमा पठाएको शिशुलाई परिवारलाई राम्रो स्याहार गर्न आग्रह गरिन । 

अस्पतालमा उपचार गर्न दैनिक  १८  हजार भन्दा बढी लाग्ने भएपनि नेपाल सरकारले २९ दिन भित्रका शिशुहरुको  उपचारमा सम्पुर्ण निशुल्क गरेको छ । यदि बाहिर गएर उपचार गराउनु पर्नै भएको भए उनको २० लाख भन्दा बढी रकम लाग्ने अस्पतालले जनाएको छ । अस्पतालले एनआईसियुमा भर्ना गरेका नबजात शिशुहरुका आमालाई  समेत अस्पतालमै भर्ना गरेर  बस्नको लागी बेडको ब्यबस्था गरिएको छ ।अस्पतालमा एनआईसियु सुरु भएको तीन बर्षमा ८ सय  १२ भन्दा बढी बच्चाहरुलाई भर्ना गरेर उपचार गरेको डा रानाले बताए ।

आफन्त तथा समाजीक सेवा ईकाई प्रमुख दया सागर पन्थीले  २४ हप्ताको शिशुलाई सबैको प्रयासमा बचाउन सफल हुंदा अन्त्यन्तै खुसी भएको बताए ।सुन्दै अनौठौ लाग्ने घटना पनि चिकित्सकहरुको तथा एनआईसियु टीमको राम्रो सहकार्यका सहज तरीकाले सफल बनाउन सकिन्छ भन्ने उदाहरण लुम्बिनी प्रादेशीक अस्पताल एनआईसीका टीमले देखाएको पनि पन्थीले बताए । 

बच्चाका बाबु केशब पन्थीले डा नेत्र राना लगायका चिकित्सक तथा एनआईसीयु टीमलाई धेरै धन्यबाद भन्दै खुसी ब्यक्त गरेका  छन्  ।।

अस्पतालका मेसु डा कृष्ण प्रसाद खनालले अस्पतालको सेवा अझ विस्तार गर्दै जाने बताए । 

विश्व स्वास्थ्य संगठनले २०३० सम्म विश्ववाट नबजात शिशुको मृत्युदर १८ वाट १४ मा झार्ने लक्ष्य लिएको छ । 
 

Last modified on 2019-05-10 09:08:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts