कोलगेटमा पाइयो क्यान्सर गराउने तत्व, २००८ मै पुष्टि भएपनि खुलेआम विक्रि हुँदै

काठमाडौं, २६ वैशाख । तपाईंले आफ्नो दाँत नियमित माज्नका लागि कुन टुथपेस्टको प्रयोग गर्नुहुन्छ ? त्यसमा कस्ता खालका रासायनहरुको प्रयोग भएको छ र त्यसले तपाईंको स्वास्थ्यमा कस्तो खालको असर पार्छ भनेर कहिले सोच्नुभएको छ ?
यदि छैन भने अब सचेत हुनुस् । टेलिभिजनदेखि लिएर विभिन्न सञ्चार माध्यममा संसारकै नम्बर वान भनेर विज्ञापन गरिँदै आइएको कोलगेट टुथपेस्टमा तपाईंको शरीरमा क्यान्सरको कोषिका विकास गर्ने तत्व पाइएको छ ।
कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यलाई हानि पुर्याउने रसायन भेटिएको अनुसन्धानले देखाएको छ ।
कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दावी गरेको छ ।
यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अङ्मा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भएपछि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ ।
त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा भने विक्रि वितरण भइ नै रहेको छ ।