के खानाको माध्यमबाट पनि सर्न सक्छ एचआईभी/एड्स ?



Download our app to get more features

एचआईभी/एड्स सँग सम्बन्धित विभिन्न कुराहरु छन् जसको बारेमा तपाईंलाई अझैंपनि जानकारी नहुन सक्छ । तर, विशेषगरी यो रोगको भाइरस कसरी फैलिन्छ र कसरी फैलिँदैन भन्ने कुरालाई लिएर अनेक मिथ्यहरु छन् । कैयौं पटक त यस्ता पनि प्रश्न गर्ने गरिन्छ की के खानाको माध्यमबाट पनि एचआईभीको भाइरस फैलिन सक्छ ? जानौं यस मिथ्यको बारेमा केहि जवाफ ।

विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार एचआईभी/एड्सको भाइरस खानाको माध्यमबाट अन्य व्यक्तिमा फैलिन सक्दैन । किनकी यो भाइरस मानव शरीरको बाहिर धेरै समय बाच्न सक्दैन । 

खानामा यदि संक्रमित व्यक्तिको रगत मिसियो भने पनि हावा, खाना पकाउँदा समयको ताप र पेटमा हुने एसिडले सो भाइरसलाई मार्ने काम गर्छ । 

यस अवस्थामा फैलन सक्छ खानाको माध्यमबाट भाइरस 
खानाको माध्यमबाट एचआईभी/एड्स फैलनु उसो त निकै दुर्लभ नै मानिन्छ तर यो त्यो अवस्थामा फैलिन सक्छ जव प्रभावित मानिसले चपाएको खाना अन्य व्यक्तिले सेवन गर्छ । र यो तब मात्रै सम्भव छ जब संक्रमित व्यक्तिको रगत खानाको गाँसमा मिसिएको हुन्छ । यस्ता सम्भावना केवल साना बच्चाहरुमा मात्रै पाइएको छ । तर, यस्ता सम्भावनाका बारेमा अझैं अध्ययन भइ नै रहेको छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-05-09 12:09:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts