सामुदायिक स्वास्थ्य इकाईका कर्मचारीले एक वर्षदेखि तलब पाएनन्



Download our app to get more features

काठमाडौं,२५ वैशाख। सामुदायिक स्वास्थ्य इकाई मरुवाही महोत्तरीका कर्मचारी यस आर्थिक वर्षको तलबभत्ताबाट बञ्चित भएका छन् । यो इकाई २०७३ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्थापना भई हालसम्म सञ्चालनमा रहेको छ ।

यस इकाईमा विगतमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीबाट अनुदान रकम आईरहेकोमा आ.व ०७५र ७६ मा सामुदायिक स्वास्थ्य ईकाइ संञ्चालन अनुदान प्राप्त भएको छैन् । जसकारण कर्मचारीले श्रावणदेखि हाल सम्म तलब पाउन सकेका छैनन् ।

आवश्यक रकम मरुवाही मनरन सिस्वा नगरपालिकामा पठाइदिन सामाजिक विकास मन्त्रालय प्रदेश नं.२ ले स्वास्थ्य सेवा विभागलाई अनुरोध गरेको छ ।

Last modified on 2019-05-08 16:32:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts