मुलुकका ८० प्रतिशत अस्पतालमा खानेपानीको अभाव



Download our app to get more features

काठमाडौं, २५ वैशाख । मुलुकका झन्डै ८० प्रतिशत अस्पतालमा खानेपानीको अभाव देखिएको छ ।

खानेपानी मन्त्रालयका अनुसार ८० प्रतिशत अस्पतालमा खानेपानीको चरम अभाव रहेको छ । 

ठूला अस्पतालदेखि स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकीहरुमा पनि खानेपानीको अभाव रहेको मन्त्रालयले जनाएको छ । 

खानेपानी अभावका कारण अस्पतालमा आउने बिरामी र कुरुवालाई समेत समस्या हुने गरेको छ । 

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा खानेपानीको व्यवस्था गर्न खानेपानी मन्त्रालय सँग कुराकानी भइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अस्पतालमा खानेपानी अभाव समाधान गर्न खानेपानी मन्त्रालयसँग समन्वय भइरहेको बताएका छन् ।

हाम्रो डाक्टरसँग कुराकानी गर्दै श्रेष्ठले भौगोलिक विकटताका कारण अस्पताल र स्वास्थ्यकेन्द्रमा खानेपानी पुर्याउन समस्या भइरहेको भन्दै चाँडै अस्पताल र स्वास्थ्य केन्द्रमा समस्या समाधान गर्ने बताए ।

Last modified on 2019-05-08 15:07:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts