प्रदेश ५ मा “मे मापन महिना अभियान २०१९” सुरु

रुपन्देही, २५ वैशाख । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको रक्तचाप परिक्षण गरि “मे मापन महिना अभियान २०१९” प्रदेश ५ मा सुरु गरिएको छ ।
स्वास्थ्य सेवा विभाग एवं विभिन्न क्रियाशिल युवाहरुको संघ संस्था स्वैच्छिक अभियान सहित मे महिनालाई २०१७ देखी नेपालमा “मे मापन महिना अभियान” सुरु गरिएको हो ।
अभियान सुरु गर्दैै मन्त्री बरालले नेपालमा नसर्ने रोगको प्रकोप बढ्दो अवस्थामा रहेको र नसर्ने रोगको ठुलो हिस्सा उच्च रक्तचाप रहेको र यसले भविष्यमा विकराल रुप लिन सक्ने भएको हुँदा सरोकारवालाहरु सवैले यस अभियानलाई सफल पार्न सबैको सहयोग आवश्यक भएको बताए ।
प्रदेश ५ मा मे मापन महिना अभियान संचालन गर्नको लागी नेपाल जनस्वास्थ्य संघ प्रदेश ५,पव्लिक हेल्थ भोलेन्टीयर क्लव वुटवल, संजिवन कलेज अफ मेडिकल साईन्स वुटवल तथा अन्य संघ संस्थाको सहयोगमा अभियान संचालने भएको छ । अभियानमा उच्च रक्तचाप एवम् सम्वन्धित विषयमा परामर्श तथा जाँच र परिक्षण कार्यक्रम सुरुवात भएको प्रदेश ५ कार्यक्रम संयोजक विवेक ज्ञवालीले बताए ।
मे मापन अभियानको सुरुवात अभियानमा मा सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद ज्ञवाली र स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले समेत रक्तचाप परिक्षण गराएको नेपाल जनस्वास्थ्य संघ प्रदेश ५ कार्यसमिती सदस्य सरोज रिमालले बताए ।