किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति दुई दशकपछि परिमार्जन 

यी हुन् रणनीतिका मुख्य उद्देश्य 



Download our app to get more features

काठमाडौं, २४ वैशाख । परिवार कल्याण महाशाखाले परिमार्जित राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास रणनीति ०७५ सार्वजनिक गरेको छ । करिब दुई दशकपछि महाशाखाले रणनीतिको परिमार्जन गरेको हो ।

परिमार्जित रणनीति मंगलबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा प्रस्तुत गरिएको हो । कार्यक्रममा किशोरकिशोरी स्वास्थ्य तथा विकासको अवस्था, आवश्यकता तथा यसको प्राथमिकताबारे छलफल भएको थियो ।

रणनीतिको मुख्य उदेश्य सन् ०२५ सम्म सबै किशोरकिशोरीले स्वस्थ र उत्पादनशील जीवनयापनका लागि सकारात्मक जीवनशैली अवलम्बन गर्नुपर्ने छ । 

महाशाखाका निर्देशक डा. आरपी बिच्छाले नेपालमा किशोरकिशोरीको संख्या कुल जन संख्याको एक चौथाइ ओगटेको भन्दै यी उमेर समूहको स्वास्थ्य विकास सम्बन्धी आवश्यकता र चुनौतीमा व्यापक विविधता रहेको बताए । जसमा समुचितशिक्षा र रोजगारीको अभाव, लैंगिक विभेद र हिंसा, लागुऔषधको दुरुपयोग, महिनावारी सरसफाईको कमी, कुपोषण, यौनजन्य स्वास्थ्य समस्या र उचित परामर्श सेवाको कमी, सडक दुर्घटना आदि प्रमुख रहेको उनले स्पष्ट पारे । 

यस्तै किशोरकिशोरीमा कुपोषणको अवस्था भयावह रहेको पनि डा. बिच्छाले बताए ।

उनले  १३ देखि १७ वर्षका किशोरकिशोरी १३ दशमलब ७ प्रतिशतले कुनै न कुनै बेला आत्माहत्या गर्ने गरेको तथ्याङ् प्रस्तुत गरे । यसैगरी यी किशोरकिशोरी मध्ये ५ दशमलब २ प्रतिशतले मध्यपान गर्ने, ३ दशमलब ८ ले गाजा सेवन पनि गर्ने उनको भनाइ छ ।

किशोरकिशोरी मृत्युको मुख्य कारण आकस्मिक दुर्घटना 
विश्व स्वास्थ्य संगठनको तथ्याङ्अनुसार कशोरकिशोरीको दुर्घटना, चोटपटकलगायत आकास्मिक दुर्घटनाबाट हुने मृत्युदर ९० दशमलब ५ प्रतिशत रहेको छ ।

नेपालमा भने आकस्मिक दुर्घटनाका कारण वार्षिक दुई हजार दुई सय ६१ किशोर र एक हजार चार सय ४७ किशोरीले ज्यान गुमाउँदै आएका छन् । किशोरकिशोरीको अकालमै मृत्यु हुने प्रतिशत बढ्दो क्रममा रहेको र सरकारले यसमा विशेष ध्यान दिनुपर्ने डा. विच्छाको सुझाब छ । 

रणनीति दीगो विकासको कोसेढुंगा बन्ने
यो रणनीति नेपालको दीगो विकासको (२०१६–२०३०) एजेन्डा कार्यान्वयन गर्ने दिशामा कोसेढुंगा सावित हुने अपेक्षा लिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले बताए ।

यससँगै उनले यस उमेर समूहको स्वास्थ्य र समग्र विकासमा रणनीतिले विशेष योगदान पुर्याउने विश्वस्त व्यक्त गरे ।  सरकारले किशोरकिशोरीको स्वाथ्य सुरक्षाको क्षेत्रमा विशेष पहल गर्नुपर्ने डा लोहनीको भनाई छ ।

यी हुन् रणनीतिको उद्देश्यहरु 

सबै किशोरकिशोरीका लागि सुरक्षित, सहयोग र संरक्षित वातावरण निर्माण गर्ने

किशोरकिशोरीको उमेर सुहाउँदो स्वास्थ्य र विकाससम्बन्धी सूचनामा पहुँच बढाउने

किशोरकिशोरीलाई सुस्वास्थ्य र विकासका लागि शारिरीक तथा मानसिक रुपमा सशक्त तुल्याउने

किशोरकशोरीमैत्री गुणस्तरीय स्वास्थ्य एवं परामर्श सेवामा पहुँच र उपयोगिता बढाउने

प्राथमिकताका मुख्य कदम 
किशोरकशोरीका लागि सहयोगी र सुरक्षित वातावरण निर्माण

यौन तथाप्रजनन् स्वास्थ्यमा सुधार

पोषण अवस्थामा सुधार

यौनरोग तथा एचआइभी संक्रमणको नियन्त्रण

दुर्घटना, चोटपटक, प्राकृतिक प्रकोप र हिंसाबाट सुरक्षा

लागु पदार्थ दुव्र्यसनको रोकथाम

मनोसमाजिक, भावनात्मक र मानसिक स्वास्थ्यको विकास तथा प्रवद्र्धन

नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य प्रवद्र्धन

चुनौती
समाजमा विद्यमान कुरीति, कुसंस्कारका कारण किशोरकिशोरीमा सेवा लिन बालविवाहबाट रोक्नमा कठिनाई

समाजिक संजालहरुको प्रयोग बढ्दो मात्रामा छ यसको गलत प्रयोगको कारण किशोरकिशोरी खराब क्रियाकलापतर्फ आकर्षित हुनसक्ने खतरा

नीतिगत रुपमा किशोरकिशोरीलाई स्थानीय स्तरमा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिमा अनिवार्य रुपमा समावेश गरिएको छैन, यसबाट स्वास्थ्य संस्थाबाट दिइने सेवा तथा परामर्शमा उनीहरुको अपन्वत्वको भावना कम हुने 

यस कार्यक्रमकालागिबहुपक्षियतथाबहुक्षेत्रिय सहभागितको आवशयकता पर्छ । यसका लागि सम्बन्धित सबै मन्त्रालय, विभाग तथा निकायहरु र अन्य संघ संस्थाहरुसँग प्रभावकारी समन्वय गरेर कार्यक्रम संचालन गर्न कठिनाइ हुनसक्छ

कार्यक्रमको प्रभावकारिता मापन गर्न स्वास्थ्य व्यवस्थापन तथा सूचना प्रणालीमा समावेश भएका सूचांकहरुले मात्रै कार्यक्रमको सम्पूर्ण प्रभावकारिता मापन हुन नसक्ने ।

किशोरकिशोरीमैत्री सेवा प्रमाणित भएका स्वास्थ्य संस्थामा गुणस्तरीय सेवाको निरन्तरता ।
 

Last modified on 2019-05-08 12:35:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts