कुन सवारी साधनबाट प्रदूषणको बढी जोखिम ?

काठमाडौं । विश्वका ९० प्रतिशतभन्दा धेरै जनसंख्या प्रदूषित वातावरणमा सास फेर्न बाध्य छन् । हरेक वर्ष हुने करिब ७० लाख मृत्युका घटना वायु प्रदूषणसंग जोडिएका छन् ।
पृथ्वीमा सबभन्दा प्रदूषित सहरमध्ये दिल्ली एक हो । त्यहाँको हावामा सास फेर्नु भनेको दैनिक १२ खिल्ली चुरोट पिउनु सरह हो । प्रदूषणस्तर घातक भएका बेला मानिसहरुलाई घरमै बस्न भनिन्छ । काममा जानुपर्नेलाई गार्हो छ ।
दिल्लीस्थित अनुसन्धानकर्ताहरुले कुन प्रकारका यातायातका साधन प्रयोग गर्दा मानिसले बढ्ता प्रदूषण झेल्नु पर्छ भनेर खोजबीन गरेका छन् । उनीहरुले खासगरी पी एम २.५ भनिने प्रदूषकको अध्ययन गरे । जुन कण आखाँले देख्न सकिदैन तर यसले बिरामी बनाइदिन्छ ।
प्रत्येक किलोमिटरको यात्रामा सबभन्दा धेरै प्रदुषण पैदल यात्रीले बेहोर्नु पर्ने देखियो । त्यसपछि धेरै जोखिममा क्रमश साइकलयात्री, बसयात्री, मेटो रिक्सा तथा कारयात्री रहेछन् ।
विश्वभर गरिएका अनुसन्धानमा चाहिँ सबभन्दा धेरै जोखिममा साइकलयात्री र त्यसपछि पैदलयात्री देखिए । मोटरगाडीमा चढ्नेको तुलनामा उनीहरुले सबभन्दा धेरै प्रदूषक पदार्थको सास फेर्छन् ।
के साइकल त्याग्नु पर्छ त
अनुसन्धानकर्ताहरु भन्छन् शारीरीक क्रियाकलापका दिर्घकालीन फाइदा प्रदूषणको जोखिमको तुलनामा धेरै छ ।त्यसैले अलि कम आवतजावत हुने मार्ग रोज्नु उत्तम होला ।
वायुप्रदूषण तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे विश्व स्वास्थ्य सङ्गठनले पहिलो विश्वसम्मेलन आयोजना गर्दैगर्दा रियालिटी चेकले काममा आवतजावतका निम्ति उपलब्ध यातायातका साधनबारे प्रदूषण जोखिमको कोणबाट विश्लेषण गरेको थियो ।
बिबिसीको सहयोगमा