कपिलवस्तु सर्पदंश उपचार केन्द्रको स्तरोन्नति गरिँदै, इलेक्ट्रिक अक्सिजनदेखि एम्बुलेन्स

रुपन्देही २१ वैशाख । कपिलवस्तुको बुद्धभूमी नगरपालिकाको गोरुसिंगेस्थित कपिलवस्तु सर्प दंश उपचार केन्द्रलाई सुबिधा सम्पन्न बनाइने भएको छ ।
सर्पदंश उपचारमा प्रदेश ५ कै महत्वपूर्ण उपचार केन्द्रका रुपमा स्थापित भएको केन्द्रलाई थप व्यवस्थित गर्न बुद्धभूमी नगरपालिकाले एम्बुलेन्स, इलेक्ट्रिक अक्सिजन लगायतका उपकरण खरिद गर्न लागेको हो ।
उपचार केन्द्रमा गाउँगाउँबाट बिरामी छिटो आउन सकुन र सर्पदंशबाट कसैको मृत्यु नहोस् भन्ने उद्धेश्यले बिशेष प्राथमिकता दिई बजेट बिनियोजन गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । उनले नगरबासीको
स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर वडा(वडामा स्वास्थ्य सम्वन्धी सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको बताए ।
केन्द्रमा प्रदेश ५ का बिभिन्न जिल्लाका अतिरिक्त सीमावर्ती भारतीय विभिन्न स्थानबाट समेत उपचारका लागि आउने गरेको केन्द्रका सचिव नबिन भण्डारिले बताए।
यस वर्षपनि गर्मियाम बढेसँगै सर्पदंशमा सेवा लिन आउनेको सख्या बढेको छ। बैशाख महिनामा मात्रै ४ जना बढी सर्प दंशका बिरामिले सेवा लिएको सचिव भण्डारिले वताए।
विगतका वर्षहरुमा बिरामिको चाप बढेसँगै अक्सिजनको अभावका कारण बिरामिले समस्या भोग्नु परेको थियो ।
त्यसैले अहिले नगरपालिकाबाट बजेट बिनियोजन गरि एम्बुलेन्स, इलेक्ट्रिक अक्सिजन लगाएतका उपकरण थप गरिने भएपछी कपिलवस्तुका बिभिन्न गाउका जनता खुशि भएको स्थानिय अनुप पोखरेलले बताए ।
केन्द्रमा सर्प दंश उपचारका लागि पर्याप्त औषधि रहेको पनि केन्द्रले जनाएको छ ।