प्रत्यारोपण केन्द्रका आन्दोलित नर्सहरुको आक्रोसः नर्सिङ संघ निरिह भयो

काठमाडौं, २१ वैशाख । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले २ सयजना कर्मचारीको भविष्यमाथि खेलवाड हुनेगरी विभेदपूर्ण रुपमा स्थायी विज्ञापन निकालिएको केन्द्रका कर्मचारीले आरोप लगाएका छन् ।
स्थापना कालदेखि नै कार्यरत विभिन्न तहका स्टाफहरुलाई अन्याय हुनेगरी निकालिएको सूचनाप्रति असन्तुष्टि जनाउँदै कर्मचारी वैशाख ११ देखि आन्दोलनमा उत्रिएका थिए ।
केन्द्रमा कार्यरत केही नर्सहरुले आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
तर, केन्द्रका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठले मन्त्रालयमा प्रतिनिधि पठाई अब कर्मचारीहरुले अन्यायको महशुस नर्गेने भन्दै विश्वास दिलाएपछि कर्मचारीले पुन सेवा सुचारु गरेका थिए ।
नर्सहरुले बिरामीको आवश्यक्तालाई मध्यनजर गरेर पुन सेवा सुचारु गरेपनि माग पुरा नभएसम्म आन्दोलन जारी रहेको सूचना समेत दिएको बताए ।
पटक–पटक वार्ता भन्दै कर्मचारीलाई न्यायोचित निर्णयमा नपुर्याउने र एकतन्त्रीय शासन लगाएर सबै कर्मचारी विस्थापित गराउने सोच बनाएको केन्द्रका कर्मचारीको आरोप छ ।
कर्मचारीका हितका लागि नै गर्ने भन्दै कर्मचारीलाई दबाएर झुलाउने काम भएको नर्सहरुले आरोप लगाए ।
आन्दोलनस्वरुप नर्सहरु शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेका थिए । तर, धर्ना दिने क्रममा पुरुष प्रहरीले लछारपछार पार्दै उनीहरुलाई जबजस्ती थुनामा लगेर जाकेको नर्सहरुले बताए ।
साँझ ५ बजे प्रहरीले घिसार्दै लगेर भेन्टिलेटर समेत नभएको ठाउँमा राखेको र आफन्तको दबाबपछि साढे ११ बजे उनीहरुलाई छोडिएको पीडित नर्सहरुको भनाई छ ।
अस्पताल भित्रकै कर्मचारीलाई बेवास्ता गरेर ९६ कोटा खुल्लामा विज्ञापन गरिएको भन्दै केन्द्रमा कार्यरत स्टाफ नर्स दिक्कि सेर्पाले आक्रोश व्यक्त गरिन् ।
‘यसरी मनलाग्दी तरिकाले विज्ञापन निकालेर केन्द्रका निर्देशक डा. श्रेष्ठले अनुभवविहीन मानिसको प्रयोगबाट बिरामीलाई मार्न खोजेको हो रु’, उनले प्रश्न गरिन् ।
स्टाफ नर्स शेर्पाले लामोसमयसम्म अहोरात्र खटिरहेका आफ्ना कर्मचारीलाई वेवास्ता गरेर भित्रभित्रै चलखेल भइरहेको समेत आरोप लगाइन् । ‘डा। श्रेष्ठले हाम्रो भविष्यमाथि खेलवाड गरेर मनलाग्दी तरिकाले विज्ञापन गर्न खोज्नुका पछाडि कतै आफ्नो कार्यकालपछि आउने अर्का व्यक्तिले यो केन्द्र चलाउन नसकोस् भन्ने नियत त होइन’, उनले थपिन् ।
नेपाल नर्सिङ संघलाई आफूमाथि भएको अत्याचारबारे सुनाउँदा आफ्नै अभिभावक निरीह रहेको केन्द्रकै स्टाफ नर्स सजला देउलाले बताइन् । ‘संघकी अध्यक्ष तारा पोखरेललाई पटक–पटक घच्घचाउँदा समेत कुनै निश्कर्षमा पुग्न नसकेको भन्दै देउलाले थपिन् ुहामी जम्मा ८० हजार नर्सलाई न्यायका दिन नसक्ने संघ भएरनभएको के अर्थ र?’
सातौं वर्षदेखि खटिदै आएका नर्ससहित अस्पतालमा खटिएका कर्मचारीलाई कुनै किसिमको सम्मान नभएको कर्मचारीको दुखेसो छ । यसअघि पनि आफ्नो मात्रै नभएर देशैभरका नर्स र सम्पूर्ण बिरामीकै न्यायका लागि बोल्दै आएका १२ नर्सलाई विभिन्न लाञ्छना लगाई निकालिएको उनीहरुको आरोप छ ।
हाल कार्यरत कर्मचारीलाइ समयमै तलब नदिने, मनलाग्दी तरिकाले कामको बाँडफाँड गर्ने, डक्टरझैं रातैभरि सेवा दिएता पनि तुलनात्मक रुपमा विभेद गर्ने लगायतको शोषण गरेको केन्द्रका नर्सहरुको भनाइ छ ।
नर्सहरु आन्दोलनमा उत्रिएको फाईदा उठाएर केन्द्रका अध्यक्ष श्रेष्ठले सरकारी अस्पताल आएका बिरामीलाई निजी अस्पतालमा पठाएको समेत उनीहरुले आरोप लगाए ।
केन्द्रमा निशुल्क मानव अंग प्रत्यारोपण हुने भनिएता पनि १५र१६ लाख न्यूनतम खर्च हुने नर्सहरुले बताए ।
उनीहरुका अनुसार गरिबी जनताले डायलिस गर्न धेरै समय कुर्नुपर्ने हुन्छ तर कुनै ठूला व्यक्तिको फोन आएमा तुरुन्तै त्यसको सेवा दिइने गरेको छ ।