यसरी राख्नुहोस् आमाको स्वास्थ्यको ख्याल
आज आमातीर्थ अाैंसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाउने गर्छन् । आमा नभएकाहरु आमातीर्थ कुण्डमा गएर यो दिन मनाउने गर्छन् ।
आमातीर्थ औसीं मनाइरहँदा आमाको स्वास्थ्यलाई तपाईंले कतिको ख्याल गर्नुहुन्छ भन्ने पनि आवश्यक हुन्छ । आमातीर्थका दिन आमालाई दिइने उपहार उनको जीवनभरि नै ख्याल गर्नु हो । आमाको स्वास्थ्यको ख्याल तपाईंले सँधैभरि गरिरहनुभयो भने आमालाई आजको दिन मात्रै ख्याल गर्नुपर्दैन ।
आमाको लामो आयू र स्वास्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको साथै उनको खुशि र उनलाई के मन पर्छ भन्ने कुराको पनि ध्यान राख्नुपर्छ । आमा जसले तपाईंलाई जन्म दिन्छन् उनको स्वास्थ्यको लागि तपाईं सँधै सचेत रहनुपर्छ । कुनैपनि समय उनले भनेको र उहाँले चाहेको कुराको विशेष ध्यान राख्ने हो भने उहाँ सँधै खुशि रहनु हुन्छ । त्यति मात्र नभई उनको खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । जसले उनलाई कुनै रोगले आक्रमण नगरोस् ।
कुनैपनि व्यक्तिको स्वास्थ्यलाई सँधै राम्रो बनाइराख्नु छ भने उनको खानपान र खुशिको नै विशेष ध्यान राख्नुपर्छ । आमातीर्थ औसींका दिन आमालाई कस्तो खाना र उपहार दिने ? जानौं प्रा.डा.दिनेश कुमार लम्सालको यो टिप्सः
सबैभन्दा पहिले आमाको स्वास्थ्यको बारेमा विशेष ध्यान दिनुपर्छ
खानाका परिकार बनाउँदा आमाको स्वास्थ्यलाई ध्यानमा राखेर बनाउनुपर्छ
चिल्लो, मसालेदार, अत्यधिक गुलियो, रातो मासु, ग्यास्ट्रिक गराउने र रोग बल्झाउने खालको खानेकुरा दिनुहुँदैन
फलफूल, हरियो साग, तरकारी, दूध, ताजा फलको जूश जस्ता सन्तुलित आहार दिनुपर्छ
खाना बनाउँदा खाना अपच हुने खालको खाना पनि बनाउनु हुँदैन
उपहार दिँदा महँगा खालका भन्दा पनि उनलाई कतै घुम्न जान मन छ वा के कुराले उनलाई खुशि भेट्छ त्यस्ता कुरामा ध्यान राखेर उपहार दिनुपर्छ