नेपालमा ४० लाख बाथका बिरामीः १० प्रतिशतमा ढाडको बाथ

काठमाडौं, २० वैशाख । नेपालमा बाथरोग सम्बन्धि यकिन सर्वेक्षण नभएपनि कम्तिमा ४० लाख बाथका बिरामी रहेको विश्व स्वास्थ्य संगठनको अनुमान छ ।
वल्र्ड एन्किलोसिङ स्पोनडिलिटिस डे (ढाड वा मेरुदण्डको बाथ दिवस) को अवसरमा शुक्रबार राजधानीको नेशनल बाथरोग सेन्टरले आयोजना गरेको कार्यक्रममा डब्लुएचओलाई उद्दृत गदै उक्त अनुमानित तथ्याङ्क प्रस्तुत गरिएको हो ।
पछिल्लो समय बाथका बिरामी दिनप्रतिदिन बढ्दै गएको सेन्टरका बाथरोग विशेषज्ञ डा। बिनित वैद्यले जानकारी दिए ।
सोही कारण यसको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल, भारत र बंगलादेशका वरिष्ठ बाथरोग विशेषज्ञसँग अन्तक्र्रिया गरिएको डा. वैद्यले बताए ।
उनका अनुसार ढाडको बाथ प्राय ४५ वर्षमुनिका पुरुषमा बढी पाइन्छ ।
डा. बैद्यले बाथरोग सेन्टरमा आएका २२ हजार बिरामीमध्ये ७ सयमा ढाडको बाथ रहेको जानकारी दिए ।
जसमध्ये सबैभन्दा महंगो बायोलोजिकल उपचार ९४ जनाले गरिरहेका छन् ।
बाथरोगको उपचार महंगो भएकाले बिरामीले बीचमै उपचार गर्न छोड्ने र जसले गर्दा रोगले च्याप्दै जाने डा. बैद्यले बताए ।
‘६ महिनाको अन्तरालमा लगाउनुपर्ने बायोलोजिकल इन्जेक्सनको नै चालिस हजार लाग्छ’, उनले भने ।
‘त्यत्रो रकम तिरेर न्यून आय भएका व्यक्तिले निरन्तर उपचार गर्नसक्ने अवस्था नभएको हुँदा सबै बाथरोगीलाई सरल उपचारको पहुँचभित्र ल्याउन सरकारले ध्यान दिनुपर्छ’।
ढाडको बाथ छालाको समस्या वा पेटको बाथसँग पनि देखा पर्नसक्ने रोग सेन्टरकी अर्की वाथरोग विशेषज्ञ डा. स्वेता नकर्मीले बताइन् ।
तर, समयमै उपचार सुरु गर्न सकेमा यो रोग नियन्त्रणमा ल्याउन सकिने भएकाले लक्षण देखिँदासाथ परीक्षण गर्न उनले सबैलाई सुझाइन् ।
हरेक वर्ष मे वानका दिन बाथरोग उपचार, अनुसन्धान र जनचेतना अभिवृद्धिका लागि वल्र्ड एन्किलोसिङ स्पोनडिलिटिस डे मनाइने गरिन्छ ।
यस समस्यालाई न्युनिकरण गर्ने उद्देश्यका साथ यस सेन्टरले विगत ६ वर्षदेखि निरन्तर लागिरहेको डा। वैद्यले दावी गरे ।
बाथरोग सेन्टरले बाथरोगबाट पीडितहरुसँग पनि अन्तक्रिया गरेर ढाडको अथवा मेरुदण्डको बाथ दिवस मनाएको हो ।
सो अन्तक्रियामा डा.वैद्यसहित विशिष्ट अतिथिका रुपमा भारतका वरिष्ठ बाथरोग विशेषज्ञ डा. राजिभा गुप्ता तथा डा. मोलि थाबा र बाथरोग बिशेषज्ञ डा. नकर्मीको उपस्थिती रहेको थियो ।
के हो एन्किलोसिङ स्पोनडिलिटिस ?
एन्किलोसिङ स्पोनडिलिटिस भनेकै ढाडको बाथ/एक प्रकारको बाथरोग हो । जसले मुख्यतया मेरुदण्डमा असर गर्दछ ।