प्रदेश नं ५मा स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभाव, बिरामीले पाएनन् सहज उपचार



Download our app to get more features

रुपन्देही २० वैशाख ।   प्रदेश नं ५ मा ५० लाख जनसंख्या  भएपनि स्वास्थ्य पुर्वाधार र आवश्यक विशेषज्ञ जनशक्तिको अभाव रहेको छ ।

जसले गर्दा चाहेजस्तो स्वास्थ्य सेवा बिरामीले नपाएको स्वास्थ्य निर्देशनालय प्रदेश नं ५ले जनाएको हो । 

स्वास्थ्य निर्देशनालय प्रदेश नं ५का निर्देशक दिनेश कुमार चापागाईले केन्द्रको तुलनामा  प्रदेश ५ मा कुपोषण बालमृत्युदर परिवार नियोजन लगायतका क्षेत्रमा केन्द्रीय मापदण्ड भन्दा तल रहेको बताए । 

उनले प्रदेश संरचना नयाँ भएकोले केहि समस्या भएपनि  प्रदेश नं ५मा  भौतिक साधन र विशेषज्ञ जनशक्ती निकै कमी रहेको बताए । 

‘हाल पनि सेवा लिन आएका सेवाग्राहीलाई लाईनमा लाग्नुपर्ने अबस्था रहेको छ’  चापागाईंले भने ।

‘प्रदेश ५का कुनै स्वास्थ्य संस्थामा भवन छ तर, जनशक्ती अभाव रहेको छ, कुनैमा जनशक्ति छ पुर्वाधर नै  छैन’, उनले थपे ।  त्यस कारण अहिलेपनि सो  प्रदेशमा जनताले लामो समयसम्म नकुरी सहज सेवा पाउन नसकेको निर्देशक चापागाईले बताए । 

यो अवस्थालाई सुधार्न अहिले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय  प्रदेश सरकार र स्थानिय तह लाग्नुपर्ने  उनको भनाइ छ । 

निर्देशक चापागाईंले भने  ‘प्रदेश नं ५ मा अर्को चुनौती भनेको  आपूर्ति व्यवस्थापन हो, केन्द्रिय तहबाट भैरहेको यो व्यवस्थापन प्रदेशमा स्थापना भएपछि चुस्त तरिकाले व्यवस्था मिलाउदै जाने लक्ष्य छ ।’

 उनले औषधीे व्यवस्थापनलाई  स्थानीय सरकार र प्रदेश अन्तर्गत रहेका अस्पताललाई प्रदेश आपूर्ति व्यवस्था भइरहेको समेत बताए ।

कुनै महामारीजन्य समस्याको लागि स्वास्थ्य निर्देशनालय, प्रदेश सरकार लगायत सबै गम्भीर तरिकाले लागेको  निर्देशक चपागाईले जानकारी दिए ।

Last modified on 2019-05-04 08:30:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts