तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन हुँदै
काठमाडौं, १९ वैशाख । नेपालमा तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन यही वैशाख २१ र २२ गते हुने भएको छ । मिडवाइफ्री सोसाइटीले स्थापनाकालदेखि हरेक तीन वर्षमा यो सम्मेलन गर्दै आएको छ ।
यो वर्ष अन्तराष्टि्रय मिडवाइफ दिवसका दिन हुन गइरहेको यो सम्मेलनको नारा मिडवाइफहरु सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवीकर्ता भन्ने रहेको छ । यस सम्मेलनको उद्देश्य राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मिडवाइफ्री व्यवसायलाई सुदृढीकरण गर्नु रहेको पनि आयोजकले जनाएको छ । सम्मेलनमा इन्टरनेस्नल कन्फेडेरेसन अफ मिड्वाइब्सको दक्षिण एसिया हेर्ने कार्यकारी बोर्ड सदस्य डा. इमि नुर्जस्मिनको पनि सहभागिता रहने छ ।
सम्मेलनमा करिव तीन सय नर्स, मिड्वाइफ्री सेवाप्रदायक, चिकित्सक, विद्यार्थी विद्यार्थी मिडवाइफ, जनस्वास्थ्यकर्मी लगायत सहभागिता हुने अायाेजकले जनाएकाे छ ।
नेपालमा भने मिडवाइफको संख्या शुन्य रहेको छ ।