नेपालमा पहिलोपटक बर्ड फ्लू मानिसमा, काभ्रेका २१ वर्षीय युवाको मृत्यु



Download our app to get more features

काठमाडौं, १९ बैशाख । नेपालमै पहिलोपटक बर्डफ्लूको संक्रमण मानिसमा देखिएको छ । 

संक्रमणका कारण एकजना युवाको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै बर्डफ्लूबाट मानिसको मृत्यु भएको पुष्टि गरेको हो । बर्डफ्लूबाट मानिसको मृत्यु भएको घटनालाई मन्त्रालयलाई सम्भावित महामारीको चेतावनीको रुपमा लिएको जनाएको छ । 

काभ्रेका २१ वर्षीय युवाको र्याल परीक्षण गर्दा बर्डफ्लू संक्रमण भएको पुष्टि भएको हो । यद्यपी उनको रिपोर्टको पूर्ण विश्लेषण भने भइसकेको छैन । चैत १० गते बिरामी भएर अस्पताल लगिएका ती युवाको चैत १५ गते मृत्यु भएको हो । मृतकको नाम भने गोप्य राखिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको एकन गर्न सम्भव नभएको कारण सो नमूना परिक्षणका लागि डब्लु एच ओ कोलाबोरेसन सेन्टर फर इन्फ्लुन्जा, जापान पठाइएको थियो ।

नमूना परीक्षण नतीजा अनुसार उक्त विरामीको इन्फ्लूएंजा ए  (एच फाइभ एन वान) संक्रमण भएको पत्ता लागेको हो । 

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले नेपालमै पहिलोपटक भएको यो घटना अप्रत्यासित भएको बताइन्। उनले मृत्य भएका युवकको नाम भने गोप्य नै राखिने बताएकि हुन् । 

इन्फ्लूएंजा ए (एच फाइभ एन वान) भाइरसले धेरैजसो पंक्षीहरुमा संक्रमण गर्ने र पंक्षहरुको मृत्यु समेत हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । उनकाअनुसार मानिसमा यो संक्रमण दुर्लभ रहेको छ । 

हालसम्म विश्वमै ८६० को मृत्यु

सन् १९९६ मा उक्त भाइरस पत्ता लागेको थियो । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि अहिलेसम्म विश्वभरि ८६० जना व्यक्तिमा सो भाइरसको संक्रमण भएको पाइएको छ।

तथ्याङ्अनुसार मानिसमा यो भाइरसको संक्रमणबाट ८६० मध्ये ४५४ जना  बिरामीको मृत्यु भएको तथ्यांकले देखाउँछ।

कसरी फैलिन्छ  इन्फ्लूएंजा ?
एचफाइभएनवानको लभभग सबै संक्रमण प्रत्यक्ष संक्रिमण प्रत्यक्ष संक्रिमित वा मातृ पक्षीहरु, वा एच फाइभ एन वान प्रदुषित वातावरणासंग सम्बन्धित हुन्छ ।

यसले माानिसलाई सजिलै संक्रिमित गर्दैन , र यो मानिसबाट मानिसमा सामान्यतया सर्दैन ।

राम्रो तरिकाले तयार गरेको र राम्रो तरिकाले पकाएको खानाको माध्यमबाट मानिसलाई यो रोग फैलिन सक्ने वा सरेको कुनै पनि प्रमाण नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग महाशाखाले बतायो । 

लक्ष्यण के–के ?
उच्च ज्वारो आउनु
खोको लाग्नु
घाँटी दुख्नु
मांशपेसीहरु दुख्नु
शुरुमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्ने समेत हुन सक्छ 

रोकथाम
बिरामी तथा मरेका कुखुरा तथा चराचुरुगींबाट टाढा रहने
प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरु तथा चराहरु नजीक देखिए वा आफूलाई बिसंचो महशुस भएमा तत्काल उपचार गराउने
कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले नाङ्गो हात, खुला नाक मुख गरी मासु नचालउने
कम्तीमा पनि हातमा पञ्जा मुखमा मास्क वा रुपमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जाखिम कम हुन्छ
कुखुराको मासु राम्ररी पकाएर मात्रै खाने (कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्दछ)
जङ्गली तथा घरपालुवा पन्छी मरेको वा बिरामी भएको देखिएमा नजिकको पशुस्वास्थ्यकर्मी/ कार्यालयमा तुरुन्त जानकारी गराउने
इन्फलुएन्जाको कुनै पनि शंका लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र चिकित्सकको सल्लाहा बिना औषधि सेवन नगर्ने

Last modified on 2019-05-03 09:22:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts