डक्टरले प्रयोग गर्ने सेतो कोटमा पनि हुन्छ रोगको किटाणुः अध्ययन



Download our app to get more features

डक्टरसँग भेट्न जाँदा बिरामीले आफ्नो स्वास्थ्यको ख्याल राख्नका लागि सकभर सबै प्रयास गर्ने गर्छन् ।  बिरामीदेखि लिएर औषधि सम्म सबै कुराको बारेमा जान्न चाहन्छन् । तर, सायदै कसैले डक्टर र अन्य स्वास्थ्यकर्मीको लुगमाथि ध्यान दिने गर्छन् होला । प्रायःजसो मानिसले डाक्टरले प्रयोग गर्ने सेतो कोटलाई निकै सफा र स्वच्छ सम्झन्छन् । तर, हालै गरिएको एक अध्ययन अनुसार डाक्टरले प्रयोग गर्ने सेतो कोटमा विभिन्न प्रकारका हानिकारक किटाणु पाइन्छ ।

अमेरीकामा एक सिस्टमेटिक रिभ्यू अनुसार डक्टरको सेतो कोटमा प्रायः जसो अवस्थामा विभिन्न प्रकारका ड्रग रेसिस्टेन्ट ब्याक्टेरिया पाइन्छ । डक्टरको कोटमा विभिन्न प्रकारका ब्याक्टेरिया पाइन्छ जसले गम्भिर किसिमका छाला र रगतको संक्रमण र निमोनिया जस्ता खतरनाक रोग लाग्न सक्छ । डक्टरको कोट मात्रै होइन डाक्टरले प्रयोग गर्ने स्टेथोस्कोप, फोन र नर्सको लुगामा खतरनाक किटाणु हुन्छ । जसले तपाईंलाई सहजै रोगको चपेटामा लिन सक्छ । 

यस समस्याबाट जोगिने कसरी ?
अध्ययनका अनुसार एन्टीमाइक्रोबियल टेक्सटाइलको प्रयोगले केहि हदसम्म केहि प्रकारका किटाणुबाट जोगिन सकिन्छ । यस्ता लुगालाई दिनहुँ धुनुपर्छ । जसले केहि हदसम्म किटाणु सर्ने सम्भावना कम हुन सक्छ । उसो त अध्ययनका अनुसार यस्ता लुगामा केहि समयमै फेरि किटाणु आउन सक्छ ।  

अमेरीकी फिजिशियनहरुमाथि गरिएको एक अध्ययनमा डक्टरहरुले प्रयोग गर्ने कोटलाई एक हप्तासम्म धुदैनन् । १७ प्रतिशत डक्टरहरु करिब एक महिनासम्म आफ्नो कोट नधुने गरेको पाइयो ।

लण्डनमा पनि यस विषयमा गरिएको अध्ययनमा डक्टरहरुको कोट र टाईलाई लिएर पनि यस्तै तथ्य बाहिर आएको थियो ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-05-03 09:26:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts