काठमाडौं क्यान्सर सेन्टरमा ब्राकिथेरापी सुरु 



Download our app to get more features

काठमाडौंं, १८ वैशाख । ताथली, नालारोडस्थित काठमाडौं क्यान्सर सेन्टरले बुधबारबाट हाई डोज रेट ब्राकिथेरापी सुरु गरेको छ । विभिन्न क्यान्सरहरूमा,विशेष गरी पाठेघरको मुखको क्यान्सरको उपचारमा अत्यन्त महत्त्वपूर्ण यो उपचार प्रविधि सुरु गरे पछि अब क्यान्सरका बिरामीले यस अस्पतालमा सहज उपचार पाउने भएका छन् । 

यो मेसिनको प्रयोगबाट पाठेघरको मुखको क्यान्सर, प्रोस्टेट, मुखको क्यान्सर, स्तन र खाने नलीको क्यान्सरलगायत अधिकांश क्यान्सरमा रेडियोथेरापी दिन सकिन्छ । आधुनिक ३-डी  प्लानिङ सहितको उक्त विश्वस्तरिय प्रणाली क्यान्सरको उपचारमा निकै नै सुरक्षित र प्रभावकारी विधि मानिन्छ ।   
 
शुल्कका हिसाबले पनि यो सेन्टरमा ब्य्राक्रिथेरापी शुल्क सरकारी अस्पतालहरूकै हाराहारीमा हुने कुरा अस्पताल प्रशासक सुदर्शन पौडेलले बताए । 

Last modified on 2019-05-02 16:02:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts