नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. मुकुन्द दाहालको निधन, संघद्धारा समवेदना प्रकट

काठमाडौं, १८ वैशाख । नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन भएको छ । दाहालको राति २ः०० बजे वि.पी स्मृत अस्पताल बसुन्धरा, काठमाडौंमा असामायिक निधन भएको हो । डा. दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं नेपाल सरकारको १०औं तहका वरिष्ठ अर्थोपेडिक सर्जनका समेत रहेका थिए । उनको निधन प्रति नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेको छ । डा. दाहाल विगत केही समयदेखि बिरामी भई असक्त भएका थिए । नेपालले चिकित्सा पेशाका एक इमान्दार, कर्मठ र लगनशील अर्थोपेडिक सर्जनलाई गुमाउन पुगेको भन्दै संघले दुख व्यक्त गरेको छ ।
साथै डा. दाहालको पार्थिक शरीरमा श्रद्धान्जलीका लागि विहान ९ः३० बजे वि.पी. स्मृत अस्पताल बसुन्धरा काठमाडौंमा र त्यसपछि पशुपती आर्यघाटमा उपस्थित हुन संघले सबैमा अनुरोध गरेको छ । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय तथा संघका सम्पूर्ण शाखा कार्यालयहरु वैशाख १९ गते विहिबार लागि बन्द रहने पनि विज्ञप्तिमा जनाइएको छ ।