माया देवी गाँउपालिकामा एम्बुलेन्स सेवा सुरु



Download our app to get more features

रुपन्देही, १७ वैशाख । रुपन्देहीको मायादेबि गाउपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाँउपालिकाले १० लाख  रुपैयामा एम्बुलेन्स खरिद गरेको हो । 

उपचारका लागी अस्पताल सम्म विरामीहरुलाई छिटो र सहज रुपमा पुर्योउन समस्या  भएकाले  गाँउबासीहरुले एम्बुलेन्सको  माग गरेका थिए । जनताको मागलाई पुरा गर्न एम्बुलेन्स खरिद गरेको गाँउपालिकाले जनाएको छ ।

गाँउपालिका अध्यक्ष धु्रवनारायण चौधरीले कम्हरिया स्वास्थ्य चौकीका प्रमुख प्रदिप कुमार पण्डित,स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष तथा एम्बुलेन्स सञ्चालन समितिका सदस्य मोहम्मद रफिक खानलाई संयुक्त रुपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष धु्रवनारायण चौधरीले स्वास्थ्य र शिक्षा क्षेत्र गाँउपालिकाको पहिलो प्राथमिकता रहेको वताए। हरेक नागरिकको स्वास्थ्य अवस्था सदैब निरोगी हुनुपर्ने बताउदै स्वास्थ्य क्षेत्रमा थप विकास गर्न आवश्यक कदम चालिने अध्यक्ष चौधरीले बताए ।
 

यस्तै कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले एम्बुलेन्स कार्यिवधी नै पारित गरि एम्बुलेन्स खरिद गरिएको बताए । उनले स्वास्थ्य सेवाको उपभोग गर्नेबाट कसैलाई पनि बन्चित गराउन नहुने पनि बताए । न्यौपानेले न्यूनतम शुल्कमा एम्बुलेस चौवेसै घण्टा सेवा दिने जानकारी दिए ।गाँउमै एम्बुलेन्स भित्रिएपछि  स्थानियहरु सर्बसुलध सेवा पाउने आसले हर्षसीत भएका छन् । 
 

Last modified on 2019-04-30 17:19:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts