ताँजाकोट प्रभावित क्षेत्रका बिरामीको खकार नमूना भोलिसम्म पठाइने  



Download our app to get more features

हुम्ला, १७ वैशाख । हुम्लाको ताँजाकोटमा रुघाखोकी प्रभावित बिरामीको खकारको नमुना भोलिसम्म परिक्षणका लागि पठाइने भएको छ ।

हुम्ला सदरमुकामबाट यातायातको सुविधा नभएको हुनाले कर्णाली प्रदेशले हेलिकप्टरको माध्यमबाट खकार नमूनाको परिक्षणका लागि पठाउने तयारी गरेको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले हाम्रो डाक्टरसँग कुराकानी गर्दै २४ घन्टाभित्रै खकार परिक्षण गरिसक्नु पर्ने भएकोले अहिले समस्या भएको तर, भोली सम्म हेलिकप्टर आउनासाथ नमूना परिक्षणका लागि काठमाडौं पठाइसक्ने बताए ।

उनले भने, ‘खकार संकलन गरिए पनि परीक्षणका लागि पठाउन समस्या भएको छ । संकलित नमुना समयमै प्रयोशालामा पुर्याउन नसक्दा त्यहाँ फैलिएको रोगको पहिचान अहिले सम्म हुन सकेको छैन । तर, भोलीसम्म नमूनाको परिक्षण हुनेछ ।’
मन्त्री रावलले संघीय सरकारसँग समन्वय गरी हेलिकप्टरबाट खकार नमूना पठाइने र प्रभावित क्षेत्रमा चाँडै राहत हुने बताए ।

यसअघि सेनाको हेलिकप्टरबाट प्रभावित क्षेत्रमा चिकित्सक र औषधि पठाइसकेको छ । 

कर्णाली प्रदेश अस्पतालबाट खटिएको चिकित्सक टोलीले पाँचजना बिरामीको थ्रोट स्वाब लिएको छ ।

संकलित नमुना २४ घण्टाभित्र काठमाडौंको टेकुस्थित प्रयोगशालामा पुर्याउन सके रिपोर्ट राम्रो आउने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

Last modified on 2019-04-30 15:33:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts