शिक्षण अस्पतालमा छ महिनादेखि फोहोरको डंगुर, कसले फाल्ने भन्नेमा विवाद



Download our app to get more features

काठमाडौं, १७ वैशाख । देशकै ठूलो अस्पतालको नामले चिनिने त्रिवि शिक्षण अस्पतालमा छ महिनादेखि फोहोर उठ्न सकेको छैन । अस्पतालको फोहोर व्यवस्थापन नहुँदा उपचारका लागि अस्पताल आउने बिरामी झनै बिरामी हुने अवस्था रहेको छ । दैनिक हजारौं बिरामी उपचारका लागि पुग्ने यस अस्पतालमा अस्पताल आफैं नै बिरामी रहेको अवस्था छ । पोस्टमाटम गर्दा प्रयोग गरिने सामानहरु डंगुर थुपारिएको छ । जहाँ पुग्दा जो कोहिलाई बान्ता नहोला भन्ने अवस्था छैन । जसका कारण नाक थुनेर हिड्नुपर्ने अवस्था छ ।

साथै अस्पताल परिसरमा फोहोर लुकाइएको छ । पानीको बोतलहरुको पनि थुपारेर राखिएको छ। तर अस्पताल प्रशासन भने पोस्टमाट्र्रम केन्द्रमा रहेको फोहोर व्यवस्थापन गर्ने काम आफ्नो होइन भन्दै पन्छिएको छ । अस्पताल प्रशासनले पोस्टमार्टम केन्द्रमा रहेको फोहार व्यवस्थापन गर्ने दायित्व महाराजगन्ज मेडिकल कलेजको रहेको बताएको छ ।

यता कलेज विभागहरु भने फोहोर थुप्रिरएको बारे बेखवर रहेको छ । कलेजका विभागहरुले यस्तो पनि अवस्था छ र रु जस्ता जवाफ दिएका छन् ।

Last modified on 2019-04-30 14:36:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts