स्वास्थ्य केन्द्रमा उपकरण अभाव, स्वास्थ्यकर्मीले सिफारिस गरेको औषधि खान डराउँछन् बिरामी



Download our app to get more features

बारा, १७ वैशाख । बारा जिल्लाको सुवर्ण गाउँपालिका वाड नम्बर ४ मा भएको हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रमा सेवाग्राहीहरुले उपचार गराउन सास्ती खेप्नु परेको गुनासो गरेका छन् । 

१५ बेड हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको रोग चेक जाचँ गर्ने उपकरण अल्ट्रासाउण्ड, माईक्रो स्कोप, एक्सरे, आँखा, कान नाक, घाँटी, लेन्स जस्ता उपकरणहरु नहुँदा समस्या देखिएको छ । 

चिकित्सकहरु स्वास्थ्य केन्द्रमा समयमा नआउने हुँदा टाढाबाट आएको सेवाग्राहीहरुको प्रभावकारी ढङ्गले चेक जाँचमा समस्या हुने गरेको छ । आफ्नै गाउँपालिकाभित्र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्था नहुँदा टाढा टाढासम्म उपचारका लागि जानुपर्ने बाध्यता स्थानीयको छ । 

स्वास्थ्य संस्थामा भएका जनशक्तिप्रति सेवाग्राहीको विश्वास घट्दै गएको र स्वास्थ्यकर्मीले सिफारिस गरेको औषधि नै प्रयोग गर्न डाराउनुपर्ने आवस्था छ । 

स्वास्थ्य परीक्षणमा लिइने शुल्कप्रति पनि बिरामी सन्तुष्ट छैनन् । 

यता स्वास्थ्य संस्थाका चिकित्सकहरु भने प्रदेश सरकारले आवश्यक पूर्वाधारको व्यवस्था नगरिदिएको आरोप लगाउँछन् ।
स्थानीय सरकार गठन भएपछि जनताले प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको थियो । गाउँ गाउँमा सिंहदरबारको नारा पनि लगाइयो । तर परिवर्तन भने हुन सकेको छैन ।
 

Last modified on 2019-04-30 14:36:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts