पछिल्लो ५ वर्षमा खतरायुक्त पि–फाल्सिपारम औंलोका बिरामी घटे, पि भाइभेक्स औंलो भने बढ्यो

काठमाडौं १६ वैशाख । पछिल्लो ५ वर्षको अवधिमा सबैभन्दा खतरायुक्त मानिने पि फाल्सिपारम औंलो नेपालमा घटदोक्रममा रहेको छ ।
नेपालमा सबैभन्दा बढी पाइएको पि भाइभेक्स औंलो भने पहिलाका वर्षमा घटेको देखिएपनि पछिल्ला आर्थिक वर्षमा भने फेरी बढेको देखिन्छ ।
नेपालमा पि फाल्सिपारम र पि भाइभेक्स गरी दुई किसिमका औंलो देखिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक वर्ष २०७४/०७५को तथ्याङ्कअनुसार नेपालमा कुल एक हजार एक सय ८७ औलोका बिरामी रहेका छन् ।
गत आर्थिक वर्षको तुलनामा यो संख्या ५९ ले बढेको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७३/७४ मा एक हजार एक सय २८ औलाका बिरामी पाइएकोमा ०७४ /०७५मा ५९ बिरामी बढेर एक हजार एक सय ८७ पुगेका हुन् ।
महाशाखाको आर्थिक वर्ष २०७४ /०७५को तथ्याङ्कअनुसार पि फाल्सिपारम विगतका वर्षको भन्दा घटेर ८२ पुगेको छ ।
आर्थिक वर्ष २०७०र०७१ देखि ०७४/०७५सम्मको तथ्याङ हेर्दा सबैभन्दा घातक रहेको पि फाल्सिपारम औंलोका बिरामी घट्दैघट्दै आएको देखिन्छ ।
महाशाखाको आर्थिक वर्ष २०७०/०७१ को तथ्याङ्कअनुसार पि फाल्सिपारम औलो तीन सय १२ जनामा देखिएको छ ।
आव ०७१/०७२ मा सो संख्या घटेर दुई सय ७४ पुगेको तथ्याङकले देखाउँछ ।
पि फाल्सिपारम औलो आव ०७२/०७३ मा एक सय ६२ को संख्यामा पुगेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष ०७३/०७४ मा सोही औंलाका बिरामी एक सय ४८ जना पाइएको छ । आव ०७४ /०७५ को तथ्याङअनुसार पि फाल्सिपारम औलोका बिरामी झनै घटेर ८२ मा पुगेको छ । यसरी हेर्दा जटिल किसिमको औलो घट्दै गएको अवस्था छ ।
तर, नेपालमा पि भाइभेक्स औलो अघिल्लो वर्षको तुलनामा बढेको देखिन्छ ।
आव ०७०/०७१ मा एक हजार तीन सय ६२ जना पि भाइभेक्स औलो देखिएकोमा आव ०७१/०७२ मा घटेर एक हजार ७८को संख्यामा देखिएको तथ्याङमा उल्लेख छ ।
महाशाखाको तथ्याङ्अनुसार आव ०७२र०७३ मा आठ सय २९ जना पि भाइभेक्सका बिरामी फेला परेको देखिन्छ ।
आव २०७३/०७४ मा भने सो संख्या पुन बढेर नौ सय ८० पुगेको तथ्याङमा उल्लेख छ । त्यसैगरी आव ०७४/०७५ मा पि भाइभेक्स औलोको संख्या अझै बढेर एक हजार एक सय पाँच पुगेको आंकडा छ ।
पि भाइभेक्स औलोको बिरामीको संख्या अघिल्लो आवको तुलनामा पुन बढेको आधारमा २०२५ सम्म औलोलाई शुन्यमा झार्ने सरकारको लक्ष्यले सार्थकता पाउला कि नपाउला यो भने अधिकांशलाई लागिरहेको छ ।