हुम्लामा मौसमी रुघाखोकीका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो
विशेषज्ञ चिकित्सकसहितको टोली पठाउँदै प्रतिष्ठान

हुम्ला, १५ वैशाख । मौसमी रुघाखोकी कारण हुम्लामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै रुघाखोकीका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
हुम्लाको दक्षिणी क्षेत्रको ताजाकोट गाउँपालिकामा गएको एक सातामा रुघाखोकीका कारण मृत्यु हुनेको संख्या ९ पुगेको हो ।
यसैबीच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रभािवत क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको टोली पठाउने तयारी गरेको छ ।
मौसमी रुघाखोकीका कारण ९ जनाको मृत्यु भएको खबरपछि विशेषज्ञ चिकित्सक सहितको टोली हुम्ला पठाउने तयारी भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।
Last modified on 2019-04-28 16:55:44