दूषित पानीका कारण गुल्मीको मुसीकोटमा झाडापखाला फैलिएको पुष्टि
विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्रमा

गुल्मी, १४ वैशाख । विगत ४ दिनदेखी गुल्मीको मुसीकोट नगरपालिका वडा नं ४ दजाकोटमा महामारीको रुपमा फैलिएको झाडा पखला दूषित पानीको कारण फैलिएकोे पुष्टि भएको छ ।
मुसिकोट नगरपालिका ४ मा पर्ने दजाकोटको ८५ घरधुरीले नुरखोला लालङदी मुहानको पानी अस्थाई रुपमा पाईप विछाएर तीन वर्षदेखि पिउँदै आएका थिए । सोही पानी पिउने घरधुरीका हाल सम्म १ सय ६६ जना मानिसहरु झाडापखलाको चपेटामा परेका छन । शपनिबार मात्रै थप ९ जना बिरामी भएका छन् । गत सोमबारदेखि एक जनाको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
उक्त खानेपानी मुहानमा कुनै प्रकारको विषादी परेको आशंकामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले त्यहाँ पुगेर पानीको नमूना पाल्पा, डिभिजन कार्यालयको ल्यावमा पठाई परिक्षण गर्दा दिशामा पाईने कोलिफर्म नामक किटाणु फेला परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका ईन्जिनियर प्रकाश न्यौपानेले बताए ।
‘वैशाख १० गते एउटा नमूना पाल्पाको ल्यावमा पठायौं, त्यो नमूना पहिलै देखि पानीमा जम्मा भएकोले फेरी हामीले ११ गते दुई वटा स्याम्पल पठाएका थियौं’ उनले भने–‘पहिलो स्याम्पल टेस्ट गर्दा त्यसमा दिशाजन्यु किटाणु धेरै फेला प¥यो जुन प्रति सय मिलि लिटर पानीमा १ सय ४० किटाणु फेला प¥यो ।’ उनले दोश्रो पटक पठाएको एउटा स्याम्पलमा प्रति मिलिलिटर पानीमा ६३ वटा र अर्कोमा ४५ वटा किटाणु फेला परेको बताए ।
उनका अनुसार जसलाई कोलिफर्म भनिन्छ । जुन किटाणु मानिस र पशुको समेत दिशामा पाईने गर्दछ । जिल्ला अस्पताल गुल्मीको सुपरिटेन्डेन डाक्टर उत्तम पाच्याले पनि उक्त किटाणु फेला परेको बताए । उनले शनिबार काठमाडांैबाट उक्त पानी परिक्षणका लागि विश्व स्वास्थ्य संगठनको टोली गुल्मी पुगेको बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालले गरेको परिक्षणमा उक्त किटाणु फेला परेको छ , डब्लुएचको टोली पनि भोली त्याँ पुगेर थप परिक्षण गर्ने डाक्टर पाच्यले बताए । मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले उक्त किटाणु फेला परेपछि त्यस मुहानको पानी पिउन बन्देज लगाईएको बताए ।
पिउनका लागि नगरपालिकाले मिनरल वाटर दिएको छ उनले भने भाडा माझ्ने र लुगा धुने प्रयोजनका लागि तल खोलाको पानी ट्याङकरमा बोकाएर उपलब् गराउँदै आएका छौं । मुसिकोट नगर कार्य समितिका सदस्य समेत रहेका दजाकोटका अगुवा हरि छन्त्यालले शनिबारदेखि स्थानियले तलको पुरानो पँेधेरोबाट पानी बोकेर पिउन थालेको बताए ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पहिलो दिन २५ हजारको मिनरल वाटर खरिद गरेर दजाकोटवासीलाई पिउने पानी उपलब्ध गराएको र खोला वा पुरानो पँधेराको पानी समेत शुद्धिकरणका लागि आवश्यक सबै प्रकारका औषधि उपलब्ध गराएको बताए ।