यौन जीवनको लागि सबैभन्दा खराब र असल खानेकुरा यस्ता छन्



Download our app to get more features

काठमाडौं, १४ वैशाख । क्याण्डल लाइट डिनर र रोमाञ्चक डेट ले मात्रै प्रेमसम्बन्ध सुमधुर बनाउन सक्दैन । स्वस्थ जीवनशैली, खानेबानी र व्यायामले पनि प्रेमजीवनमा झन् धेरै भूमीका खेलेको हुन्छ।

प्रेमसम्बन्ध जति सुमधुर हुन्छ, यौनजीवनपनि उत्तिकै सन्तोषजनक हुने गर्दछ। फेरि कुनै जीवनपद्दती स्वस्थ भएपनि त्यसले यौनजीवनमा प्रतिकूल असर गरिरहेको हुन्छ।

‘खाना र यौनचाहना बीचको सम्बन्ध भनेको काल्पनिक विषय होइन’, अमेरीकि यौनविशेषज्ञ ‘सिन्थिया सास’ भन्छिन् “निश्चित खाना र पौष्टिक तत्वले यौन चाहना बढाउने र स्वस्थ यौनजीवनमा मद्दत गर्ने खोजबाटै देखिएको छ।”

यौनजीवनलाई  बढि रोमाञ्चक  बनाउने खानाहरू यसप्रकार छन्ः
 

स्ट्रबेरी

स्ट्रबेरी सेक्सी हुन्छ।’ महिला र पुरुष दुवैमा यौनको लागि चाहिने प्रमुख कुरा भनेको ‘सरल रक्तसञ्चार’ नै हो। अनि स्ट्रबेरीमा प्रशस्तै ‘एण्टिअक्सिडेण्ट’ पाइन्छ, जुन मुटुको स्वास्थ्यको लागि एकदमै अनुकूल प्रमाणित भएको छ।

यो एण्टिअक्सिडेण्टले पुरुषहरूको शुक्रकीट उत्पादन क्षमतामा वृद्धि गर्ने खोजबाट देखिएको छ।

 अवोकाडो
यो सुपरफ्रूटमा प्रशस्तै भिटामिन–ई हुने गर्दछ, जसमा एण्टिअक्सिडेण्टको विशेषता हुन्छ। साथै यसमा पोटासियम र भिटामिन –बी  पनि पाइन्छ, जसले मुटुरोगबाट सुरक्षा गर्दछ भने शरीरको रक्तसञ्चारमा पनि सुधार ल्याउँदछ।

जुन कुराले तपाईँको मुटुलाई राम्रो गराउँछ, यो बुझ्नुहोस् कि त्यहि कुराले तपाईँको यौनचाहनालाई पनि असल फल दिइरहेको हुन्छ।

एक खोजबाट के देखिएको छ भन्दा, जुन पुरुषमा मुटुसम्बन्धी समस्या हुन्छ, उसमा लिङ्ग उत्तेजना नहुने समस्या पनि देखिएको हुन्छ। किनभने यी दुवै समस्या रक्तनलीमा क्षतिको कारण हुने गर्दछ।

बदाम
बदाममा जिङ्क, सेलेनियम र भिटामिन–ई पाइन्छ, जुन एकप्रकारको भिटामिन र खनीज पदार्थ हो र मानिसको यौन स्वास्थ्य र प्रजनन स्वास्थ्यको लागि यी पदार्थहरू फाइदाजनक सावित भएको छ।

सेलेनियमले बाँझोपनाको समस्याबाट राहत दिन्छ भने भिटामिन(ई ले यौनचाहना बढाउँदछ। जिङ्क यस्तो खनीज पदार्थ हो जसले पुरुषहरूमा यौन हरमोनको विकास गराउँदछ।

शखरखण्डा
शखरखण्डामा प्रशस्तै पोटासियम पाइन्छ, जसले उच्च रक्तचापसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछ। खोजबाट के पनि देखिएको छ भन्दा उच्च रक्तचाप हुने पुरुष वा महिलाहरूमा बिस्तारै–बिस्तारै यौनचाहनामा ह्रास हुँदै आउँदछ।

शखरखण्डमा ‘बेटा(क्यारोटिन’ पनि पाइन्छ, जसले शरीरमा भिटामिन(ए को आपूर्ती गर्दछ। भिटामिन–ए ले बाँझोपनाको समस्याबाट राहत दिने अनुमान गरिएको छ (प्रमाणित भैसकेको छैन)।

 खर्बुजा
गर्मी महिनामा सबैभन्दा मन पराइने यो ‘खर्बुजा’मा क्यालोरीको मात्रा सोँचेको भन्दा कम हुन्छ र यौन क्षमता वृद्धि गर्ने ‘फाइटोन्यूट्रियण्ट्स’ -Phytonutrients_ को मात्रा बढि हुन्छ।

सन् २००८ मा अमेरीकाको टेक्ससमा भएको एक खोजबाट खर्बुजामा पाइने ‘लाइसोपिन’, ‘साइट्रुलिन’ र ‘बेटा–क्यारोटिन’ जस्ता फाइटोन्यूट्रियण्ट्सहरूले रक्तनली र मुटुमा आराम दिई यौनचाहनामा कुनै बाधा नपुर्याउने नतिजा देखिएको थियो।

यौनचाहनामा बाधा पुर्याउने खानाहरू यस्ता छन्ः

मदिरा
एक गिलास वाइनले अवश्य पनि हाम्रो थकान मेटाउन मद्दत गर्दछ र रोमाञ्चक डेटमा रोमान्टिक हुन पनि मद्दत गर्दछ। फेरि कुनै सामाजिक कार्यमा पनि अञ्जान व्यक्तिसँग बोल्नको लागि मदिराले अलिकति भएपनि हिम्मत प्रदान गर्दछ।

तर वास्तवमा, मदिरापानले तपाईँको यौनजीवनमा एकदमै नराम्रो असर गरिरहेको हुन्छ। यसले यौनचाहनामा ह्रास ल्याउँदछ भने लिङ्ग उत्तेजनामा पनि समस्या ल्याउँदछ। साथै यसको मातमा अधिकांशले आफ्नो प्रेमसम्बन्धमा चिसोपना ल्याउन सक्ने खालको निर्णय गर्ने पनि पाइन्छ।

मासु
हुन त मासुमा पनि प्रोटिन र जिङ्क पाइन्छ। तर यो भन्दा पनि बढि यसमा बोसो र कोलेस्ट्रोल हुन्छ। जसले मधुमेह, उच्च रक्तचाप अनि अन्य मुटुसम्बन्धी समस्या ल्याउन सक्दछ। अनि यस्ता समस्याले यौनजीवनमा बिस्तारै खल्लोपना ल्याउँदछ।कभपगधब

अन्य बोसोयुक्त खाना
 

फ्राइ गरेको खानेकुरा र धेरैजसो फास्टफुडहरूमा ‘खराब बोसो’ हुने गर्दछ, जसले मुटुमा नराम्रो प्रभाव पारी रक्तसञ्चारमा बाधा पुर्याउँदछ।

यसलगायत फ्राइ गरेको आलु (फ्रेन्च फ्राइ) ले मधुमेह निम्त्याउन सक्ने सम्भावना बढाउँदछ, जुन पुरुष र महिला दुवैको लागि एकदमै हानिकारक तत्व हो।

तर सिन्थिया सास भन्छिन्– “फ्राइ गरेको तेलले पनि फरक पार्दछ। धेरै चिल्लो पदार्थ भएको अनि कम छानिएको तेलले मुटुको समस्या ल्याउन सक्दछ भने वनस्पति तेलमा चिल्लो पदार्थ कमि हुन्छ, जसले खानालाई कम बोसोयुक्त बनाउँछ।”
 

Last modified on 2019-04-29 15:44:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts