हुम्लाको ताँजाकोटमा अज्ञात रोगका कारण एक हप्तामा ८ जनाको मृत्यु

विशेषज्ञ चिकित्सक अभावका कारण रोग पत्ता लाग्न सकेन



Download our app to get more features

हुम्ला, १४ वैशाख । हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगको कारण एक हप्तामा आठ जनाको मृत्यु भएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीका अनुसार छाती दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने जस्ता लक्षणहरु बिरामीमा देखिने गरेको र त्यस लगत्तै मृत्यु हने गरेको छ । 

मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको अधिकृत शाहीले बताए । बिरामी परेको दुई देखि एक हप्तामा मृत्यु भएको भन्दै उनले विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावले गर्दा मृत्यु भएकाहरुको रोग पत्ता नलागे पनि सिजनल फ्लुको आशंका गरिएको बताए । 

स्वास्थ्य चौकीमा बिरामीको चाप बढ्नुका साथै औषधि अभाव भएको छ । पालिकाले स्वास्थ्यकर्मीलाई सबै वडामा परिचालन गरेको छ । अब अज्ञात रोग फैलिएको आशंका गरिए पछि औषधीको अभाव हुन नदिन गाउँपालिका लागि परेको शाहीले बताए । 
जिल्ला र प्रदेश सरकारसँग विशेषज्ञ चिकित्सक सहितको टोली गाउँमा ल्याउनका लागि पत्राचार गरिएको र प्रदेश सरकारको स्वास्थ्य महाशाखाबाट औषधि सहित चिकित्सकको टोली गाउँमा आउने तयारी भइ रहेको छ । 
ताँजाकोट सिमकोटबाट चार दिन पैदल हिँडेर पुगिन्छ ।
 

Last modified on 2019-04-27 16:30:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts