विश्व औलो दिवस

नेपालमा औलोका बिरामी १२ सय, कैलालीमा मात्रै ७० प्रतिशत 

विश्वभरमा २२ करोड औलोका रोगी, ४  लाख ३५ हजारको मृत्यु



Download our app to get more features


काठमाडौं १२ वैशाख । विश्वमा हालसम्म २२ करोड औलाका बिरामी फेला परेका छन् । जसमा चार लाख ३५ हजारको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा नेपालमा औलाका बिरामी ११ सय ८७ रहेका थिए । चालू आर्थिक वर्ष ०७५/०७६ को आठ महिनामा भने आठ सय २० औलाका बिरामी फेला परेको महाशाखाको भनाइ छ ।

सोही तथ्याङ्अनुसार नेपालका २० जिल्ला औलोबाट प्रभावित छन् । 

हरेक वर्ष २५ अप्रिलका दिन विशवभरि नै औलोसम्बन्धी विभिन्न कार्यक्रम गरी ‘विश्व औलो दिवस’ मनाइन्छ । सोही दिवसको अवसरमा विहीबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले पनि अन्र्तक्रिया गरी तथ्याङ्क सार्वजनिक गरिएको हो ।

‘आफैबाट शुरु गरौं, औलोलाई शुन्यमा पुर्याउ’ भन्ने नाराका साथ सरकारले सने ०२५ सम्म औलोलाई शुन्यमा झार्ने लक्ष्य लिएको छ । तर तथ्याङ्क हेर्दा औलोका बिरामी घट्दो क्रममा रहेको देखिदैन् । 

औलाका कुल बिरामीमध्ये नेपालमा ११ सय पाँच जना पि–भाइभेक्स परजीवियुक्त औलोका रोगी छन् । औलो रोगको पाँच किसिममध्ये नेपालमा सबैभन्दा बढी पि–भाइभेक्स औलो बढी देखिन्छ ।

यसैगरी ८२ जनामा भने पि–फाल्सिपारमको संक्रमण रहेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा विशेषगरी यी दुई किसिमका औलाका बिरामी मात्रै छन् ।

औलाका बिरामीमध्ये ७० प्रतिशत सुदुरपश्चिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए । उनका अनुसार कैलालीमा सबैभन्दा बढी औलोका रोगी फेला परेका छन् । 

कार्यक्रममा डा. लालले नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा औलो परीक्षण तथा उपचार निःशुल्क हुने जसका लागि आवश्यक सामाग्री तथा औषधीको नियमित आपूर्ति केन्द्रबाट आइरहेको बताए ।

उनले औलोका बिरामी देखिएका तथा देखिन सक्ने जोखिमयुक्त क्षेत्रमा वर्षको दुई पटक लामखुट्टे बढी लाग्ने समयमा घरभित्र छिड्काउ कार्यक्रम भइरहेको बताए ।

यससँगै औलोको उच्च तथा मध्यम जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसलाई प्रति दुई व्यक्ति बराबर एक झुल वितरण हुँदै आइरहेको उनको भनाई छ । तर, यो कार्यक्रमलाई अझै ससक्त बनाएर लैजानु पर्ने डा. लालको सुझाब छ ।

यसका लागि बजेट अपुग भइरहेको उनले प्रस्टाए । ‘अघिल्ला दुई वर्षमा औलो नियन्त्रणसम्बन्धी कार्याक्रमका लागि एक अर्ब बजेट विनियोजन भएकोमा हाल तीन वर्षका लागि ४३ करोड विनियोजन भएको छ ।

जुन औलो नियन्त्रण र सचेताना कार्यक्रमका लागि अपुग हुन्छ’, डा. लालले भने । मुख्यगरी नेपालको तराई भागमा मात्रै औलो रोग देखिने भनिया पनि मौसम अनुकुलताका कारण उच्च पहाडी तथा हिमाली जिल्लामा पनि औलो देखिन थालेको डा लाले बताए । यो एक चुनौतीको विषय बनेको उनले बताए ।

यससँगै औलोसम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव, भौगोलिकि विकटताका कारण उपचारमा कठिनाइ अर्को चुनौती रहेको उनको भनाइ छ ।

Last modified on 2019-04-26 08:26:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts