मानसिक रोगको भार बढ्दो: ८.७ प्रतिशत किशोर-किशोरीमा आत्माहत्या प्रवृतिको समस्या 



Download our app to get more features

काठमाडौं, १२ वैशाख । नेपाल लगायत संसारभरि मानसिक रोगको भाग बढ्दो क्रममा छ । तर अहिलेसम्म नेपालमा कति प्रतिशत मानिसमा मानसिक रोग छ, भन्न सकिने तथ्यांक उपलब्ध छैन् । 

राजनैतिक अस्थिरता, लामो आन्तरिक द्धन्द्ध, गरिबी, प्राकृतिक प्रकोप आदिले नेपालीहरुमा मानसिक रोग लाग्न सक्ने सम्भावना बढाएको अध्ययनहरुले देखाएका छन् । 

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनले ११.२ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थय समस्या रहेको देखिन्छ । परिषदले धनुषा,भक्तपुर र दोलखामा गरेको अनुसन्धान गरेको थियो । अध्ययन एक हजार ६ सय ४६ व्यक्तिमा गरिएको थियो । जसमध्ये दुई सय ७६ किशोरकिशोरी रहेका थिए । 

१३.२ प्रतिशत वयस्कलाई पनि मानसिक समस्या देखिएको छ । वयस्कमा लागुपदार्थको लत, डिप्रेसन, आत्तिने रोग बढि रहेको पाइएको छ । त्यसैगरी किशोरकिशोरीमा आ्िरत्तने केहि न केहि गरिरहनुपर्ने र डिप्रेसन जस्ता समस्या देखिएका छन् । 

यी दुवै समुहमा आत्महत्या प्रवृतिको समस्या धेरै रहेको अध्ययनले देखाएको छ । १०.९ प्रतिशत वयस्कमा र ८.७प्रतिशत किशोरकिशोरी आत्माहत्या प्रवृतिको समस्या रहेको छ । साथै मानसिक समस्या भएका मध्ये कुनैपनि उपचार सेवा नलिने र आफैं निको हुन्छ भन्ने विश्वास लिने गरेको पनि अध्ययनले देखाएको छ । 
 

Last modified on 2019-04-26 08:26:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts