छिटो-छिटो रिस उठ्ने समस्याले हैरान हुनुहुन्छ ? त्यसो भए यसो गर्नुस्



Download our app to get more features

काठमाडौं । हामीहरु सबैलाई थाहा भएकौ कुरा हो चाडौं रिस उठ्नु राम्रो होइन । हामीमध्ये धेरैलाई रिसाउनु राम्रो होइन भन्ने थाहा छ, तर यति हुँदाहुँदै पनि स्वभाव र परिस्थितिले मानिसहरु पटक–पटक रिसाइरहेका हुन्छन् । यस्तो बानीले धेरै मानिसहरुलाई हानी पनि पुर्याइरहेको हुन्छ । रिसलाई समयमा नै व्वस्थापन नगरे ठूलो दुर्घटना ननिम्ताउला भन्ने छैन् । यस्तो व्यवहारले रिस उठ्ने मानिसको वरिपरि हुने अन्य मानिसहरुलाई समेत प्रभाव पारेको हुन्छ । रिस सबैलाई उठ्छ । रिस उठ्नु स्वभाविक कुरा हो । तर चाडो चाडो रिस उठ्नु, धेरै रिसाउने बानी भने अस्वभाविक रहेको मनोविद् गोपाल ढकाल बताउँछन ।

 मानसिक समस्या के हो ? 

विभिन्न घटना, परिस्थिति तथा वातावरणबाट सृजित एवं शरिरमा हुने न्यूरो केमिकलको गडबडीले मानिसको भावना, सोचाई तथा व्यवहारमा पैदा हुने समस्या जसलाई मानसिक समस्या भनिन्छ । 

कुनै कुनै मानसिक समस्याहरु केही दिन पश्चात आफै हराएर जान्छन् भने केही लामो समयसम्म रहिरहन्छ र मानसिक रोगको अवस्थासम्म पुग्छ । यस्ता लामो समयसम्म रहिरहने मानसिक समस्या वा रोगले हाम्रो दैनिक जीवन, पारिवारिक जीवन तथा सामाजिक जीवन नै अस्तव्यस्त पार्दछन् । 

समयमा नै मानसिक समस्या वा रोगको दक्ष Psycho Therapist, Psychological counselor अथवा psychiatrist बाट उपचार गरेमा मानसिक रोग निको हुन्छ । 

 रिसलाई कसरी व्वस्थापन गर्ने यसको बारेमा आज हामी तपाईलाई बताउँदैछौं 

रिस स्वीकार गर्ने 

यदि तपाईंलाई कसैसँग रिस उठेको छ भने उसलाई तपाइ म सगं नबोल्नुस् मलाई तपाईंसँग रिस उठेको छ। यस्तो कुराले रिस केहि व्यवस्थामा आउनसक्छ । जब रिस उठेको मानिसँग नै नबोलेपछि रिस आफै शान्त हुँदै जान्छ । जसबाट हुनसक्ने क्षतिको निराकरण हुन्छ । 

ऐना हेर्ने 

चाडो चाडो रिस उठ्नु एउटा मानसिक समस्या पनि हो । यसरी रिस उठेको बेलामा त्यसलाई व्यवस्थापन गर्न ऐना हेर्याे भनेपनि रिसलाई नियन्त्रण गर्न सकिन्छ । 

चकलेट खानुहोस् 

चकलेट खाँदा स्ट्रेस हर्मोन कोर्टिसोलको स्तर ठिक हुने गर्छ जसले मेटाबोलिजम स्टेबलाइज हुने गर्दछ । 

लेखेर हेर्ने 
के कुरामा रिस उठेको हो त्यसको बारेमा लेख्ने गर्दा पनि तनावबाट मुक्ति पाउन सकिन्छ । अथवा एउटा कागजमा केहि बेर लेख्नुहोस, ‘आज म तनावमा छु‘। आज म तनावमा छु ।’ यस्तो तरिका पनि निकै प्रभावकारी हुनेछ । 

आफूलाई मनपर्ने गीत याद गर्नुहोस 

आफूलाई मन परेको गीत याद गर्नुहोस र त्यसलाई जति आउँछ त्यति गुनगुनाउनाले पनि तपाईंको रिस कम हुने गर्दछ । 

तकियामा टाउको राख्नु होस् 

केहि बेर तकिया, स्पोन्ज अथवा कुसनमा आफ्नो टाउको अड्याउनुहोस, यसले तपाईंको तनावको स्तरलाई कम गर्ने गर्दछ । 

कपाल कोर्ने 

आफ्नो कपालमा १०–१२ पटक काँइयो अथवा ब्रस घुमाउँदा तनाव कम हुने गर्दछ र तपाईं आनन्दित महसुस गर्नुहुन्छछ । यसले मसाजको काम गर्दछ र आनन्दित बनाउँछ ।
 

Last modified on 2019-04-25 15:32:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts