चिरायुद्धारा कलेजोको जटिल शल्यक्रिया 

What's This?


Download our app to get more features

काठमाण्डौं, २७ जेठ । बसुन्धरास्थित चिरायु नेशनल अस्पतालले कलेजोको जटिल शल्यक्रिया गरेको छ । कलेजोको दायाँ भागमा (Alveolar type of Hydaid Cyst) व्याक्टेरिको संक्रमण भएका कास्किका युवकको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । 

लामो समयदेखि कलेजोको संक्रमण भएका युवालाई ज्वोरो आउने तथा संक्रमणको आकार पनि बढ्दै गएपछि शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । डा. रमेश सि‍ भण्डारी नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेपछि बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

यसअघि सरकारी अस्पतालमा मात्र सबै सुविधा भएपनि निजी अस्पतालले पनि सेवा शुरु गरेको चिरायुले जनाएको छ । आगामी दिनमा सम्पूर्ण सेवा बिस्तार गर्दै उपचार पद्धतिमा आधुनिक उपकरणको प्रयोग गरेर सर्वसुलभ उपचार सेवा बिस्तार गने चिरायुले जनाएको छ । 
 

Last modified on 2016-06-09 20:45:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts