स्वास्थ्यका आठ ट्रेड युनियनले देखाए समायोजनमा आठ त्रुटि, पुन: समायोजनको माग

काठमाडौं, १० वैशाख । स्वास्थ्य सेवा ऐन र समायोजन ऐन २०५५ को मर्म र मापदण्ड अनुसार समायोजन नभएको भन्दै स्वास्थ्यका ट्रेड युनियनहरुले आठ वटा त्रुटि औल्याएका छन् । स्वास्थ्यका आठ वटा ट्रेड युनियनहरुले संयुक्ति रुपमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा बुझाएको ज्ञापन पत्रमा स्वास्थ्य कर्मचारी समायोजन गर्दा भएका त्रुटि सच्चाउन माग गरिएको छ ।
ट्रेड युनियनहरुले समायोजन नसच्याए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । समायोजन ऐन र स्वास्थ्य सेवा ऐन विपरित गरिएको समायोजनले स्वास्थ्यकर्मीहरुलाई न्यायको लागि अदालत जान बाध्य बनाएको पत्रमा उल्लेख छ ।
युनियनहरुले स्वास्थ्य सेवाको छुट्टै सफ्टवयर निमार्ण गरि अन्तिम जेष्ठता र दरबन्दी तेरीजको सूचि प्रकाशन गर्न जोडदार माग गरेका छन् ।
रा.स्वा. कर्मी संघ, नेपाल स्वास्थ्य कर्मी संघ, म.स्वा.कर्मी फोरम, अ. ने. प्र. स्वा कर्मी संगठन, ने. रा. स्वा. कर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल स्वास्थ्य प्राविधिक संघ र हान नेपालले संयुक्त रुपमा सोमबार बुझाएको ज्ञापन पत्रमा आठ त्रुटि देखाएका हुन ।
आवेदनका लागि प्रर्याप्त समय नदिएको पनि युनियनहरुले आरोप लगाएका छन् । त्यसैगरी अन्तिम जेष्ठता सूचि प्रकाशन नगरि समायोजन गरिएकोमा पनि उनीहरुले प्रश्न उठाएका छन् ।
ट्रेड युनियनहरुले हालसम्म पनि स्पष्ट दरबन्दि प्रकाशित नगरिएको पनि समायोजका क्रममा भएको त्रुटि हो भनी औल्याएका छन् ।
समायोजन प्रक्रियामा आवेदन दिई सके पछि प्रदेश मातहतका अस्पताललाई संघमा राखिएको तर संघ रोज्न पाउने अधिकारबाट बञ्चित गरिएको साथै प्रदेश रोजेका कर्मचारीलाई संघ अन्तरगत नराखेर समायोजनमा त्रुटि गरेको ट्रेड युनियनहरुको ठहर छ ।
अवकास हुन लागेका, गम्भिर रोग लागेका बिरामी कर्मचारी, सेवाबाट अवकास भएका तथा राजिनामा दिएका र मृत्यु भइसकेका कर्मचारी पनि समायोजन भएका छन् ।